अबको अन्तिम विकल्प समाजवाद

 

नारायण प्रसाद भण्डारी

अहिले विश्वका केही देश र नेपालको अबस्था साम्राज्यवाद पश्चिमा र ‘रअ’ का मतियार नवफासीवाद एनजीआ,े आइएनजीओ एबं विचौलियाहरुले षडयन्त्रकारी गोलचक्करको चक्रब्युहमा फसाएर जेनजीको नाममा आगजनी, तोडफोड, लुटपाट, चोरी, डकैति, हत्या, ंिहंसा जस्ता जघन्य अपराधिक घटनाले देश पूर्णतया अन्धकारको अवस्थामा गुज्रिरहेकोछ । जेनजी समुह पर्दा बाहिर खेल्दै छन भने एन,जी,ओ. आइ,एन. जी. ओ.साम्राज्यवादी पश्चिमा दलाल पुँजीवादका मतियार र ‘रअ’ का विचौलियाहरु पर्दा भित्र लुकेर भूमिगत शैलिमा आतंक मच्चाइरहेका छन । बंगलादेशबाट सल्केको आगो नेपालमा पनि आइपुग्ला । यस्तो प्रकारको हावाहुरी आएर बढारला । हाम्रो विरासतमा कही कतैबाट भूँइचालो आउँला । हाम्रो यस्तो दुर्दशा होला ? भन्ने नेपालका भ्रष्टचारी, ठेकेदारहरुले थोरै मात्र सम्झेको भए आज यसरी देश खरानी हुन बाट बच्थ्यो होला ! युवाको रगतमा कति तागत हुन्छ ? भन्ने बिर्सेकाहरुले अहिले राम्रोसंग सपत सहितको शिक्षा प्राप्त गरे कि ? झनै स्पातिला बने ?अबको सरकारको ब्यबहार र उनीहरुका कृयाकलापले देखाउला ? अहिले नै यस्तो उस्तो भनिहाल्ने अवस्था छैन । किनभने सरकारले छानविन आयोग बनाएको छ । आयोगले कता लान्छ ?पर्ख र हेरको विकल्प छैन । देशको वास्तविक अबस्था भाद्र २३,२४ ले स्पस्ट देखायो । देशको सुरक्षा गर्ने जिम्मा लिएकाहरुको दयनीय अवस्थालाई नियाल्दा शक्तिशाली हात हतियार राष्टको ढुकुटि रित्ताएर दुश्मनसंग कसरी मुकाविला गरेर राष्ट्रको संरक्षण गर्न सकिन्छ ? भन्ने दर्जनौ किसिमका देश विदेशका विज्ञहरुले दिएका तालिम प्राप्त फोर्स त लाटा सोझा इमान्दार बृद्ध बृद्धा अशक्त गरिब निमुखा गरिखाने बर्ग डाइबर खलासी लाइ देखाउने दाँत पो रहेछन । यिनीहरुले गर्ने काम त बिचौलियाहरुको इशारामा देशभक्त वीर योद्धा माथि गोलिबर्षाएर झनै विद्रोहमा उतार्ने हिंसा भडकाउन ेदेश र जनताको पक्षमा आवाज उठाउने हरुको रगत माथि होलि खेलेर बहादुरी देखाउने अन्याय अत्याचार भ्रष्ट कमिसनको खेति कसुरदार लाइ आम माफि को सिफरिस गर्ने राष्ट्रघाति हरुको शुरक्षा गर्ने । देशमा संकट आइ परेको बेला आन्दोलन कारी लाइ हतियार बुझाएर मनपरि गर्न दिएको भरखरैको ताजा घटनाले स्पस्ट प्रमाणीत गरेको छ । अन्यथा लिनु पर्दैन स्तम्भकारको नजरमा जे देखियो त्यसैलाइ प्रस्फुटित गर्ने हो । अहिले भरखरको ताजा २०८२ सालको भाद्र २३ र २४ गते का घटनाले स्पस्ट देखायोविडक्बनाका साथ भन्नु पर्दाराष्ट्रका अभिभाबक को दर्जामा कृयाशिल हरु कोहि रमिते बने कोहि कायर बने कोहि नैतिक हिनता का भारी बोकेर भगौडा बने । देशको अबस्था सुन्य बनायर कोही नभएको जगंलमा डढेलो लागे जस्तै गरेर संसारकै शुन्दर देश आगोले आहारा बनायो । निभाउने कोहि नभएपछि अराजक हरुले थोरै पनि सोचेनन देश र जनताको आवाज बोकेर सडकमा ओर्लेका(जेनजीको) नाममा देश खरानी बनाए ।देशका ऐतिहासिक अमूल्य सम्पदा सबै नस्ट भए । वास्तवमै दुखका साथ भन्नु पर्दा विर योद्धाहरुको अनाहकमा रगत बग्यो । आन्दोलन घुसपैठको कब्जामा गयो । देशमा फेरि भ्रष्टाचारको लागि नयाँ अवसर प्राप्त भयो । देश लामो समय माओवादी युद्धको चपेटामा प¥यो । त्यसपछि संविधानको नाममा आर्थिक सहितको लामो समय खेर गयो । फेरि भ्रष्टचारीको लागि कोरोनाले ठूलै अवसर दियो । अहिले जेनजीको कारण बन्यो । यसपछि चुनाव लगायतको कारण बन्ला ? यी सबै पक्षबाट देशले नीकास पाउन सक्तैन । यस्तै गरी जनयुद्ध जनआन्दोलनको मर्मलाई जसरी औचित्यहिन बनाइयो । जेनजीको आन्दोलन पनि त्यसै गरी अर्थहिन बनाउन साम्रज्यवाद पश्चिमा विचौलिया, एनजीओ आइएनजीओले कसरत गरिरहेका छन । त्यसकारण अबको विकल्प राष्ट्रघातीहरुबाट देश बचाउनका लागि जनताको नीतिगत विद्रोहबाट जनवादी क्रान्तिको खुटकिलो पार गर्दै समाजवादमा जानु हो ।

अहिले सतहमा देखिएका केही समसामयिक सवालहरुको प्रसंग । जेनजी विद्रोह कसरी असफल बनाइँदै छ ?

१) जेनजी आन्दोलनको उद्देश्य देश खरानी पार्ने नभएर मात्र ३ वटा माग अघि सारेर सडकमा आएका थिए ।
क)सामाजिक सन्जाल बन्द गराइएको विरुद्धमा ।
ख)देशमा भएको भ्रष्टाचार कमिसन महगीं कालो बजारी लुटतन्त्र लगायतको विरुद्धमा

ग) देशमा सुशासन र युवाहरु स्वदेशमै रोजगारको ब्यवस्था हुनु पर्छ भन्ने माग अघि सारेर सडकमा आएका थिए । ती माग २३ गतेको भद्र शान्तिपूर्ण आन्दोलन लाई १९ जना होनहार वास्तविक जेनजी समूहकै युवाको हत्या गरियो । दर्जनौ घाइते बनाइयो । त्यसपछि मासलाइ उत्तेजनामा ल्याएर २४ गतेको आन्दोलन घुसपैठेहरुले आफनो कब्जामा ल्याएर विद्रोहमा फसाइयो ।

२) २३ गतेको घटनामा १९जना को हत्या नेपालका आधिकारीक हतियारबाट भएको तर २४ गते को कसले हान्यो ।नेपालको हतियारबाट गाली प्रयोग नगरेको दावी गर्नुको पछाडि आन्दोलनको औचित्य अर्थहिन बनाएर अराजकको आरोपमा उल्टो कार्बाही गर्ने योजना बनाइयो ।

३)गृहमन्त्रीले राजीनामा दिएको प्र.म. लाई थाहा भएन,देश खरानी भएको पनि पत्तो भएन,देशका नागरिकहरुको रगतले काठमाण्डौ भिजेको पनि थाहा भएन, सायद नहुन पनि सक्छ ? जानकारी गराउने निकाय नै मौन बस्ोपछि कसले दिने सूचना ? पछि सेनाको दबाबमा प्र.म. लाई राजीनामा दिन लगाएर देशलाई नेतृत्व विहिन ूसुन्यको अबस्थामा पुराइयो । राष्ट्रपति पनि गुमनाम बने । त्यसपछि देश पूर्णतया सेनाको हातमा गयो र सेनाकै पहलकदमीमा बार्ताको एजेण्डा अघि स¥यो । त्यतिबेला सम्म पुलिसका हतियार हजारौको सख्यामा लुटिएको । देशका विभिन्न अपराधका सजाय भोगिरहेका हजारौ कैदिबन्दि जेल बाहिर नीस्कीसकेको त्यसमा रवि समेत आन्दोलन कारीले जेल तोडेको भन्दै वाहिर ल्याएको यस्तो दुखदायि दर्दनाक अवस्थामा देश पुग्यो ।त्यतिबेला सम्म नेपालका प्रायजसो ऐतिहासिक राष्ट्रिय सम्पदा र नीजि सम्पत्ति करीब करीब खरानी भैसकेका थिए ।

४)बार्ताको तैयारी हुदै गर्दा सेनाबाटै रवि र दुर्गा प्रसाइको पनि प्रतिनीधित्व हुनु पर्ने कुरा आयो तर बार्ता टोलीले मानेन उनी बाहेकको बहस छलफल भयो । निष्कर्षमा जेनजीका एजेणडा मध्ये एउटा मात्र संसद विघटनको माग पूरा भयो । अरु बाँकी अल्झाउने बल्झाउने गरेर राष्टपतिले गोलमोल बनाइदिए । संसारमै नभएको नाटक जव विद्रोहिको नियत्रणमा देश जान्छ । त्यतिबेला संविधान पनि निष्कृय बन्छ देश पूर्णतया विद्रोहिको कब्जामा जान्छ तर त्यसो भएन राष्ट्रपतिले संविधान बचाएर देशमा फेरि अका दुर्घटनाको बाटो खुलाइदिए ।

५) अर्को महत्वपूर्ण पक्ष जेनजीहरुलाई भ्रममा पारी उनीहरुकै रोजाइमा बनेको सरकारले पुरानै संविधानमा टेकेर चुनावको घोषणा गरियो । यो पक्ष जेनजीको रगतको पनि अबमूल्यन भयो भने जेनजी समूह लाई मात्र अपमान भएन । सिंगो देशका परिबर्तनकारीको लागि घातक बन्यो । सकभर चुनाव हुन कठिन छ । यदि चुनाव भैहाल्यो भने देश पूनः दलकै नियत्रणमा जान्छ । फेरि भयाबहको अवस्था सृजना हुन्छ देशमा नत सुशासन नत भ्रष्ट्रचारको अन्त्य केही पनि हुदैन ।

६)अनेत्र देशहरुमा जब विद्रोहले सफलता हासिल गर्छ ।त्यतिबेला अन्तरिम सरकार बन्दा विद्रोहि पक्षको निर्णायक भूमिका खेल्ने स्थानमा सकभर बढी नभए सहभागिताको अनिबार्य हुन्छ ।जस्को उदाहरण बंगलादेशमा विद्रोहि पक्षबाट २जना प्रतिनीधि अन्तरिम सरकारमा छन ।उनीहरुले आफना माग पुरा गर्नमा ठूलो भूमिका खेल्छन ।नेपालमा त्यसो भएन आफनो सम्पत्तिको मालिक अरु नै बनेर जेनजीलाइ पन्छाइयो ।जेनजीका मुद्धा विस्तारै ओजेलमा पर्ने खतरा बढदै गएको संकेत देखिन थाले ।

७)अहिलेको संविधानले प्रधानमन्त्री प्रत्यक्ष निर्वाचन प्रकृयाबाट छनौट गर्नेजेनजीको माग लाइ सम्बोधन गर्न सक्दैन ।फेरी पनि यही संविधान मा टेकेर परिवर्तन खोज्नु भनेको प्राप्त उपलब्धि गुमाउनु हो ।
अन्तमा दोषि अपराधी हरुलाइ कार्बाही गर भन्ने आवाज जेनजीले उठाउनु पर्ने सरकारलाइ ध्यान आर्कषण गराउनु पर्ने ,पुरानै संविधानमा टेकेर अठिलो बन्न खोज्नु, सरकारका जिम्मेवार ब्यक्तित्वहरुका फरक फरक कुराहरु बाहिर आउनु कार्बाही आयोगका कुरा मिडीयाले भनिरहने तर प्रकृया बढाउन ढिला ढालो गर्दै जानेकुराले आममा जिज्ञासा पैदा हुनु पूनह अस्पतालका सैयाहरुमा घाइतेहरुको आफनो जीवनको भन्दा देशकै चिन्ता गर्दै जिउदो लाशँ भै छटपटाउनु पर्ने काम भन्दा हल्ला बढि हुने यो अबस्थाले के देखाउ छ भन्दा फेरि पनि दोषिहरु सजिलै उम्कने केहि समय पछाढि ब्याज स्याज सहित पुन जेनजीले प्रतिसोधको रुपमा उल्टो सजाय भोग्नु पर्ने भयो भने अहिलेको जेनजी आन्दोलन चपेटामा परेको छ । शिद्धान्त नीति विचार योजना र दर्शन विनाको आक्रोश पोखेको विद्रोह हो । अर्को कुरा विद्रोह त भयो । यसको कमाण्ड अहिले सम्म देखिन्न जेनजीले जसबाट आशा अपेक्षा राखेका थिए । त्यहाँबाट स्टाटस मात्र बाहिरीन्छन नेतृत्वगर्न फिल्डमा उत्रन सकेको देखिन्न । अहिले सम्म जेनजीको कमान नेतृत्व नभएकै कारण उपलब्धि गुम्न सक्ने ठूलो खतरा देखिन्छ । त्यसकारण अब हुने जनताको विद्रोह सिद्धान्त, नीति, विचार, योजना,दर्शन कमान सहितको आवश्यतामा दमन हुदै गयो भने सशस्त्र दीर्घकालीन वा छोटो प्रकारको हुन सक्छ । यसबाट मात्र सबै खाले फाँसिवादको अन्त्य हुन्छ । त्यो नै जनवादी क्रान्तिको खुटकिलो हो, त्यसलाई पार गर्दै समाजवादमा न जादाँ सम्म देश पटक पटक यस्तै भूमरीमा परि रहन्छ । धन्यवाद ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित