काठमाडौं । २०२६ को फिफा विश्व कपको च्याम्पियन स्पेन बनेको छ । स्पेनले अमेरिकाको न्यु जर्सीको मेटलाइफ रंगशालामा सोमबार बिहान भएको खेलमा अर्जेन्टिनालाई १–० गोलले पराजित गरेको हो । स्पेनले दोस्रोपटक विश्वकप फुटबलको उपाधि जितेको छ । स्पेनले खेल पूर्ण रूपमा आफ्नो नियन्त्रणमा राखेको थियो । तर निर्धारित ९० मिनेटमा कुनै गोल हुन सकेन । अतिरिक्त समयमा धकेलिएको खेलको पहिलो हाफमा पनि कुनै गोल हुन सकेन । तर फेर्रान टोरेजले १ सय ६ मिनेटमा गरेको गोलमा स्पेनले उपाधि जितेको हो ।निको विलियम्सले दिएको पासमा वैकल्पिक खेलाडीका रूपमा मैदानमा प्रवेश गरेका उनले गोल गरेका थिए । स्पेनले २०१० मा दक्षिण अफ्रिकामा पहिलोपटक विश्वकप जितेको थियो ।
दोस्रो हाफको इन्जुरी टाइममा इन्जो फर्नान्डेजले रातो कार्ड पाएपछि अर्जेन्टिना १० खेलाडीमा सीमित भएको थियो । ब्राजिलका काफुपछि अर्जेन्टिनाका कप्तान लियोनेल मेसीले ३ विश्वकप खेल्ने कीर्तिमान बनाए ।
यसअघि १९७८, १९८६ र २०२२ को पछिल्लो संस्करणमा विश्वकप जितेको अर्जेन्टिनाले फाइनलमा भोगेको यो चौथो पराजय हो । २०२२ को कतारमा भएको पछिल्लो संस्करणमा अर्जेन्टिनाले फ्रान्सलाई पेनाल्टी सुटआउटमा पराजित गरी उपाधि जितेको थियो ।
स्पेनका कप्तान रोड्रिले उत्कृष्ट खेलाडीका रूपमा एडिडास गोल्डेन बल अवार्ड जितेका छन् ।फ्रान्सका कप्तान किलियन एमबाप्पेले सर्वाधिक १० गोल गरेर लगातार दोस्रो पटक गोल्डेन बुट अवार्ड जित्ने कीर्तिमान कायम गरेका छन् । अर्जेन्टिनाका कप्तान मेसीले शिल्भर बल जिते ,यस्तै स्पेनका गोलकिपर उनाई सिमोले गोल्डेन ग्लोभ्स अवार्ड जिते भने स्पेनकै युवा डिफेन्डर पाउ कुबार्सीले उत्कृष्ट युवा खेलाडीको अवार्ड जिते ।
अन्तिम समारोहमा फिफाको टिम सहित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पनि उपस्थित थिए ।

