शालिकराम भण्डारी
समाज शास्त्रका व्याख्याताहरुले धर्म र संस्कृतिसम्बन्धमा ठूला ठूला ग्रन्थहरु लेखेकाछन् । ती सबैलाई १९औं शताब्दीको दोस्रो खण्डसम्म कुनै गहिरो खण्डनमण्डनबिना विद्यालय , विश्वविद्यालयहरुका पाठ्यक्रमहरुमा राखी पठनपाठन गर्ने गराउने गरियो । एकछत्रता कायम रह्यो । बेलाबखतमा केही केही प्रश्नहरु नउठेका होइनन् । तर तिनले आकार लिन सकेनन् । कैयौं शताब्दी देखि मानिसको मस्तिष्कमा जमेर बसेका भावना ,विचार, अभ्यासहरु एकाएक कसरी पो लुप्त हुन ? धर्ममा चर्चा, परिचर्चा गर्ने आँट गरिँदैनथ्यो, धर्म एउटा अप्राकृतिक, अदृश्य शक्तिमाथि मानव जातिको अगाध आस्था, विश्वासको रुपमा लिइन्थ्यो । वस्तुुगत धरातलसँग यसको सम्बन्ध नभएको बुझिने गरिन्थ्यो । संसार जहाँमानवजाति छ त्यहाँ धर्मपनि छ, यस्तो मान्यात थियो । यसको सर्वव्यापकतामा कही कतै शंका उपशंका पाइँदैनथ्यो । राजनीतिमा यसैको प्रभूत्व स्वीकारेर सत्ता सञ्चालन गरिन्थ्यो ।राज्य त्यसैको शरणमा रहन्थ्यो । कानुन, नियम लागू गरेर गर्न असमर्थ रहेमा कार्यहरु धर्मको आसिर्वाद प्राप्त भएमा सरल हुन जान्थे । यही अभ्यास अहिलेको विज्ञान र प्रविधिमा विकास भएको , सामाजिक क्रान्तिले तीव्रता लिएकोको , चेतना (Consciousness )अथवा मानिसको ज्ञान (Knowledge)ले गति लिएको अवस्थामा पनि त्यति कम हुन सकेको देखिँदैन । राज्यको बल प्रयोगले गर्न नभ्याएका सबै धर्मको डण्डाले सफल गरेको इतिहास जताकतै जानकारी छँदैछ । यो डण्डाले समाज , समुह , जातजातिलाई आत्म समर्पण गर्न बाध्य गर्दछ । आजसम्म जति सुकै अन्य क्रान्तिहरु भएपनि समाजमा त्यति परिवर्तन हुन सकेको छैन । समाजको ठूलो भाग पुराना विधि,विधान, नियम,कानुुन भित्र बस्दछ । किनकि धर्मले ती सबैलाई यथास्थितिमा रहन लगाउँछ । अगाडि बढ्न दिँदैन । अलि आँखा खुलेकाहरु पनि समाजबाट बहिस्कृत हुने भयले विरोध गर्न सजिलरी आँट गर्न सक्तैन् ,धर्मको ओज प्रभावशालीहुन्छ ।
यसरी राजनीतिमा धर्मको सर्वव्यापकता अनुुभव पछि अर्थनीतिमा पनि यसको प्रभाव झन् बढी पाइन्छ । समाज वर्गमा विभाजित छ भन्ने यथार्थतालाई स्वीकार नगरीकन सुख नभएपछि विश्व समाज दुुइ वर्गमा बाँडिएको पाइयो । नेपाल यसै भित्र पर्दछ । सुसम्पन्न ,विपन्न ,हुने खाने(Haves ) र नहुने (Have not ) , र गरिखाने र गराइखाने । पृथ्वीमा मानव जातिको आगमनपछि यसको इतिहास लेखन पनि शुरु भयो । प्रारम्भिक समाज जुन बेला जंगली जन्तुको शिकार गर्नु , नदीमा माछा मार्नेकाम गर्नु , वनका फलफूल सँग्रह गरेर जीवन बिताउने काम गरिन्थ्यो , त्यस समयदेखि आजको विशाल आद्योगिक क्रान्ति (Industrial Revolution ) को युुग , जहाँ अपार धनराशि कमाउने र जसरी तसरी जीविका धान्नेहरुबीच ठूलो टक्कर छ । यथार्थता सबैले देखेकै , भोगेकै कुरा हो । प्रारम्भिक अवस्थादेखि अत्यन्त उद्योग विकसित अवस्था (From the primitive stage to the most advanced industrial stage ) सम्म अर्थतन्त्र, राजनीति, धर्म , नीतिशास्त्र, कानुन, नियम, वैज्ञानिक खोज यीसबैलाई मानव निर्मित हन् । यो कुरा इतिहासले सावित गरिदिएको छ । धर्म निर्मित कथनलाई इन्कार गरिसकेको छ ।
अहिलेको संसार विज्ञान र प्रविधिको विकासले भरिपूर्ण छ । यसैले हरेक क्षेत्रमा अतिउत्पादन (Over Production ) जनसंख्याको अत्यन्त ठूलो भाग जुन त्यो उद्योगहरु र कृशिशालामा काम गर्न बाध्य छ । जनसंख्खाको एउटा सानो भाग जसले उत्पादनका साधनहरु र भूमिको ठूलो हिस्सा आफ्नो कजामा राखेको हुन्छ , उनीहरुले श्रमिक र कृषक समुहलाई शोषित पीडित बनाइरहेका हुन्छन् । त्यो श्रमिक र कृषक समुह जीवनभर कठोर परिश्रम गर्दापनि आफ्ना आवश्यकता पूूरा गर्न सकिरहेको छैन । नेपालको गति पनि यही हो । फरक यति मात्र हो यहाँको आर्थिक स्थिति कमजोर छ । यहाँका भूमिपति र पूँजीपतिहरु त्यही अनुरुप चरित्रका छन् । माथि देखाइसकिएको छ कि दर्शन अर्थतन्त्र ,राजनीति , धर्म, नीतिशास्त्र ,नियम,कानुन मानव निर्मित हुन् । गरिखानेवर्ग श्रमिक –किसान गरिब र सबै निम्न मध्ययम वर्गका , सरकारी कार्यालयमा काम गर्ने अलि निम्न तहका कर्मचारीहरु साथै मानसिक श्रम गर्ने शिक्षक ,प्रोफेसर ,डक्टर , इन्जिनियर आदिहरुमाथि अजिंगर उद्योगपति र भूमिपतिद्वारा शोषण र दमन (Exploitation and Supression ) जारी राख्न धर्म एउटा यस्तो अस्त्र बन्न गएको छ । जसले समस्त गरिखाने वर्गलाई गहिरो शिक्षा दिन सकेको छ। यो शिक्षा केहो ? अरु केही होइन ,ती निम्न वर्गलाई उच्च वर्गको विरोधमा नउत्रिनु,अन्यायको विरोध नगर्नु , हल्ला गर्नु पाप अपराध हो । किनकि भाग्यमा जसले जे लेखेको छ त्यही हुन्छ । कसैले छेक्न टार्न सक्दैन , यो इश्वर (God ) को देन हो । यीनैको प्राथना गरेमा, ध्यान गरेमा अर्को जीवनमा उचित फल सबैलाई प्राप्त हुन्छ , अर्कोतिर यस धर्मले उच्च वर्गको रक्षा, हित निमित्त उच्च वर्गलाई पनि शिक्षा दिन्छ । गरिबको रक्षा गर , तीनलाई सहायता गर , वृद्धाश्रम कायम गरेर गरिबलाई बास र सुरक्षा देऊ ,मठ मन्दिर वरपर बसेर मागी खानेलाई समय समयमा खानाको व्यवस्था गर आदि आदि । जस्तो नेपालमा अतिधनीहरु र मारवाडी बन्धुहरुले ठाउँठाउँमा यस्तो व्यवस्था गरेका छन् । धर्मको शिक्षाकार्ड आड मानेर यस्तो गरेकाछन् । क्रिश्चियन धर्मको आधारमा संसारका चर्चहरुमा यही अवस्था छ । साच्चै कुरा गर्ने हो भने दशखण्डमा एक पनि उनीहरुको खर्च हुँदैन । के गर्ने ? धर्म र इश्वरको लिला यस्तै छ । साथै यो अस्त्रले संसारका अशक्त जीवनलाई अन्धकारमा राख्न सफल पनि भएको छ । विश्व समाजको सोच विचर धर्मको आस्थामा गहिरो गरी गाडिएको छ । तर अर्को कुरा चेतना,विज्ञान र प्रविधिको विकासले गर्दा बहुसंख्यक गरीखाने जनतामा धर्मको अस्त्रले काम गर्न छाडेको छ । यो असफल भएको छ । यो सकरात्मक पक्ष हो ।
मानिसको मस्तिष्कमा जमेर बसेको आस्था धर्म अहिले चारथरिका देखा परेका छन् । एक– क्रिश्चियन, दुई– मुस्लिम ,तीन– हिन्दु र चार यहुदी । यी सबैले आ –आफ्ना विशिष्टता देखाउने चेष्टा गरेका छन् । आफ्नो प्राथमिकता साबित गर्न प्रयासरत छन् । जन्मेदेखि मृत्युसम्म गरिने क्रियाकलापहरू, समारोहहरु जस्तो कि हाम्रो नेपालमा हिन्दू धर्मावलम्वीहरुले मनाउने तीज, दशैं ,तिहार, छठ आदि छन्। यी सबै पर्वहरु धर्ममा आधारित छन् । धर्मका अङ्ग बनेका छन् । यो वर्गमा विभाजित समाजमा हुने खाने वर्गको निमित्त मात्र यी पर्वहरू रमाइलो,आनन्द, मौजमस्तीका उपाय बनेका छन् । यी पर्वहरुले पुँजीवादी अर्थव्यवस्थाको विकासपछि पुँजीपति वर्गको नै प्रतिनिधित्व गर्दछन्, जस्तो हाम्रै क्षेत्र ( नेपाल ,भारत ,पाकिस्तान, बङ्गलादेश आदिको कुरा गरौं ) यहाँ दुई धर्म हिन्दु र मुस्लिमको बाहुल्यता छ। यिनैको बीच टक्कर छ। आआफ्ना महापुरुषहरू, मन्दिरहरू र मस्जिदहरू छन्। आफ्नो अर्थव्यवस्थामा पुँजीवादी अर्थव्यवस्थातिर लम्किरहेका छन्। कोही लम्किँदै छन्, त्यसै अनुसार राजनीतिले काम गरिरहेको छ । त्यसको उद्देश्य के हो भने धर्मको आडमा पुँजीवादको विकास गर्नु, पुँजीपति वर्गको सिर्जना गर्नु ,जसले गरी खाने वर्ग श्रमिक, सर्वहारा, किसान र अन्य निम्न वर्ग र उसको श्रम शक्तिको शोषण गर्न सजिलरी सकियोस् ।
यसरी विश्व हेर्ने दृष्टिकोण दर्शन(Philosophy )मा विभाजन आएको छ। एकथरी विश्वलाई देखेको जस्तो छ उस्तै रुपमा पृथ्वी,जल, जङ्गल, आकाश, ग्रहहरू पछि मानव जातिको विकास भएको देख्दछन् । अर्को थरी प्रकृतिका अस्तित्व (Existence ) मानव जाति विकासको परिणामलाई स्वीकार गर्दैनन्, उनीहरु कुनै महाशक्ति (Super Power ) अर्को शब्दमा ईश्वर (God ) का संरचना मान्दछन् । अब पहिलो सोच, चिन्तन, दर्शनलाई भौतिकवाद( Materialism) अथवा भौतिकवादी दर्शन ( Materialist Philosophy)भनिन्छ । दोस्रो थरि दर्शनलाई आदर्शवाद अर्थात् अध्यात्मवादी (Idealism ) दर्शनको नामले पुकारिन्छ । आदर्शवादको सम्बन्ध वास्तविक संसार( Real World) सँग हुँदैन । प्रकृति र मानव ( Nature and Man)उसको चिन्तन भित्र पर्दैन । मानवले प्रकृतिसँग लडेर अनगिन्ती नयाँ खोज आविष्कार गरेको छ। सम्पूर्ण मानव जातिलाई नवीन वस्तुहरूको परिचय गराएको छ। कठोर जीवनलाई सुबिस्तामा पुर्याएको छ। तर अध्यात्मवाद त्यसलाई उपेक्षा गर्दछ किनकि उसको संसार काल्पनिक हुन्छ।
भौतिकवादी दर्शन जसले समाजलाई जस्तो छ त्यस्तै रुपमा हेर्दछ । एकातिर प्रशस्त धनसम्पत्ति थुपारेका बहुत सानो संख्या र अर्कोतर्फ बहुसंख्यक जनता, गरिबी, भोकमरी, रोजगारीको अभावमा सदा शोषित पीडित। शोषक वर्गले आफ्नो सत्तालाई दीर्घजीवी राख्न अध्यात्मवाद र धर्मलाई प्रयोग गर्दछ। तर भौतिकवाद यथार्थतासँग, वैज्ञानिक तथ्यसँग सम्बन्धित हुने हुँदा यसले वर्गीय समाजको भिन्नतालाई देखाइदिन्छ । समाजलाई हेर्ने,रुपान्तरण गर्ने ठोस विश्लेषण यहाँ पाइन्छ । मानव जातिको इतिहासमा प्रवेश गरेदेखि यो प्रक्रिया बढ्दै गयो । निष्कर्षमा पुग्न सकिएको थिएन। दार्शनिकहरू अलमलमा थिए । आखिर १९ औं शताब्दीमा मात्र त्यस्तो दर्शन प्रकाशमा आयो, जसलाई द्वन्दात्मक तथा ऐतिहासिक भौतिकवाद (Dialectical and Historical Materialism )भनिन्छ । यस विपरीततर्फ तथ्य पेश गर्न आजसम्म कसैले सकेको छैन। त्यसै समयदेखि विश्वलाई थाहा हुन गयो कुन दर्शन अध्यात्मवाद र भौतिकवाद मध्ये कसले समाजमा कुन वर्गको प्रतिनिधित्व गर्दा रहेछन् , यथार्थता कहाँ रहेछ, धर्मावलम्बी (Religious Theists ) र धर्म विरोधी अथवा धर्ममा आस्था नराख्नेहरु (Atheists )को खास माने के रहेछ ? धर्माधिकारीहरूको अर्थ अहिलेसम्मको खोजले केही देखिएन । एउटै मात्र अर्थ देखियो । त्यो हो समाजमा भ्रम सिर्जना गर्नु, तथ्य तर्क उठ्न नदिनु र एउटा सानो समूहले बहुसंख्यक जनलाई शोषण दमन गर्ने बाटो खनिदिनु , फराकिलो पार्नु मात्र । विश्वको एउटा भाग नेपाल भएको हुँदा सबै दृष्टिकोण (Attitudes ) प्रवृतिहरु (Trends) यहाँ पनि समान रुपले मौजुद छन् ।
उपनिवेशवादी शासन (Colonial Rule)बाट स्वतन्त्रता(Independence ) प्राप्त गर्न अनेक देशलाई धेरै वर्षसम्म संघर्ष (Struggle )गर्नुपर्यो। बेलायती उपनिवेश अन्तर्गत दुई ठूला देश अमेरिका र भारत डेढ दुई सय वर्षसम्म लड्नै पर्यो, मुक्त भए। आन्तरिक निरंकुश शासन विरुद्ध स्वतन्त्रता(Freedom) निमित्त २००७ सालमा नेपाल पनि लड्नै पर्यो। राजनीतिक स्वतन्त्रताको निम्ति संघर्ष गर्नुपर्यो । आन्तरिक स्वतन्त्रता प्राप्त गरे। तर सामाजिक क्रान्ति हुन सकेको पाइएन। सामाजिक परिवर्तन देखा परेन । पुराना रीतिरिवाज धार्मिक परम्परा जस्ताको तस्तै छन् । राजनीतिक आर्थिक अवस्थामा धर्म नै हावी छ। जस्तो हिन्दू धर्मको बाहुल्यता रहेको भारतमा जातीय र धार्मिक, ब्राह्मण, क्षेत्रीय, वैश्य, शुद्र र हिन्दू –मुस्लिम यथावत नै छ। यसलाई संघर्षको रुपमा जान नदिन भारतले धर्मनिरपेक्षता (Secularism )को बाटो लिनु उचित सम्झ्यो । त्यही गर्यो तर भौतिकवादी दृष्टिकोणमा यो टापल टुपल पार्ने ,ज्वरो दर्द कम गर्ने सिटामल मात्र हो। धर्मबाट उत्पन्न सबै राजनीतिक, आर्थिक भिन्नताहरु यसबाट मात्र उन्मुलन (Elimination ) हुन सम्भव हुँदैन। अध्यात्मवादले सयौं वर्षदेखि जरा गाडेर बसेको छ तापनि भौतिकवादीहरु धर्ममा आस्था नराख्नेहरुले यो आस्थालाई एकाएक उन्मूलन गर्न प्रयास गर्न हुँदैन । भौतिकवादीहरू धर्ममा आस्था राख्दैनन् । यो साँचो कुरा हो। तत्काल आस्था उन्मुलन नियम, कानुन, आदेशबाट मात्र गर्ने चेष्टा गर्नु हुँदैन। यो ठूलो भूल हुन जान्छ। यस्तो प्रभावलाई, प्रभुत्वलाई सुस्त सुस्त कम गर्दै लैजानुपर्दछ । मुख्य काम त राजनीतिक शक्ति प्राप्तपछि वर्गीय असमानता समाप्त गर्दै समानता र न्यायपूर्ण समाज हासिल गर्नु हो।
हिजो पूर्णरूपमा सामन्तवाद शक्तिशाली थियो। राजनीतिक, आर्थिक, सांस्कृतिक रूपमा यो अधिकार उसैको हातमा हुन्थ्यो। तर आज त्यो शक्ति पुँजीवादी प्रतिक्रियावादीको हातमा स्थानान्तरण भएको छ। यसले पनि अन्य आधुनिक अस्त्र प्रयोग गरेर दिन प्रतिदिन आफ्नो शक्ति सुदृढीकरण जोडतोडले गर्दैछ। त्यो अस्त्र पनि अपर्याप्त मानेर विशाल गरी खाने तथा अन्य शोषित पीडित वर्गलाई नियन्त्रणमा राख्न धन, राजनीतिक शक्ति, विशाल विनाशकारी हतियार, साथै धार्मिक हतियार प्रयोग गर्दै अत्यन्त तीव्रता साथ अगाडि बढ्दैछ। समस्त गरी खाने र निम्न मध्यम वर्ग सबै मिलाउँदा ८५ देखि ९० प्रतिशत पर्दछ, लाई भ्रम दिन सफल भएको छ।अलमल पार्न, लठ्ठ पार्न सकेको छ । त्यसैले भनिएको हो धर्म समाजको निमित्त अफिम हो ( Religion is opium for society)। यो अफिम विभिन्न जडीबुटी मिश्रण गरेर बनाइएको हुन्छ । यसभित्र धर्म , पाप, स्वर्ग, नर्क, भाग्य, अभाग्य, यो जन्म,आउने जन्म, भाग्यमा लेखेको,सबै ईश्वरको हातमा, सबै ईश्वरनिर्मित आदिआदि ।
संस्कृति(Culture )
यो शब्द पनि अति लोकप्रिय छ। प्रत्येकको मुख मुखमा झुण्डिएको हुन्छ। धर्म संस्कृतिका सम्बन्धमा समाजशास्त्रका ठूला ठूला विद्वानहरुले प्रशस्त लेखेका छन्। कलेज (Colleges ), विश्वविद्यालयहरू(Universities) मा पाठ्यक्रम राखेर अध्ययन गराइन्छ । प्रत्येक देशको आ–आफ्नो मौलिक संस्कृति हुनुपर्छ भनिएको छ । संस्कृति सभ्यताको जननी हो (Culture is the mother of civilization )भन्दै व्याख्या गरिएका छन्। तीमध्ये धेरैजसो शास्त्रीहरू संस्कृतिलाई धर्मको अभिन्न अङ्ग मान्दछन्। संस्कृतिको क्षेत्रभित्र पर्ने जस्तै साहित्य, संगीत ,कला, शिक्षा ,चालचलन, आनीबानी, व्यवहार पर्दछन्। यो फाँटलाई हेर्ने पनि दुई दृष्टिकोण देखापरेका छन् –अध्यात्मवादी र भौतिकवादी । पहिलोले सम्पूर्ण संस्कृतिका अङ्गलाई धर्मसँग गाँसेर हेर्दछ। दोस्रोले यी दुईलाई अलगअलग ठान्दछ। दुवैको अस्तित्व अलग –अलग रहेको स्वीकार गर्दछ। पहिलोले जन्मदेखि मृत्युसम्म मानव समाजमा प्रत्येक क्रियाकलाप जस्तै साहित्य रचना गर्नु जीवनमा आनन्दको निमित्त नाच – गान क्रियामा भाग लिनु, विभिन्न औलौकिक मूर्तिहरु निर्माण गर्नु र त्यसै अनुसार सम्पूर्ण व्यवहार गर्ने गर्नु आदि आदि । जुन मानिसको मस्तिष्कमा प्रवेश गर्न समर्थ हुन्छन् , ती सब काल्पनिक चिन्तनमा मात्र सीमित रहेका हुन्छन्। साथै शिक्षण संस्थाहरू हुन्छन्। पठनपाठन गरिन्छ ,प्रशिक्षण लिने दिने गरिन्छ । तिनीहरुको वास्तविकताको ‘व’ र यथार्थताको ‘य’ सित समेत साइनो हुँदैन । मानिस एकातिर जीवन धान्न असमर्थ भइरहेको छ भने अर्को तिर नयाँ आविस्कार गर्न ,खोज गर्न चहिरहेको छ । वर्गीय समाजमा रहेका विकृति, विसंगति, शोषण, दमन,उन्मुलन गर्न सदाव्यस्त छ। राजनीतिक, आर्थिक स्वतन्त्रताको निम्ति संघर्ष गरिरहेको मानिसको इतिहास, संस्कृति छ। धर्ममा आस्था राख्नेहरू अथवा अध्यात्मवादीहरू धर्मको प्रचारप्रसार गर्न , अनास्थावादीहरू लाई कठोर दण्ड सँजाय गर्न अथवा त्यसको सिफारिस गर्न लागि परेका मात्र देखिए , देखिन्छन्। यो क्रम जारी नै रहनेछ। यो हो धर्म र संस्कृतिको मिलनको परिणाम।
तर भौतिकवादीहरू धर्म र संस्कृतिको एकरूपता स्वीकार गर्दैनन् , पृथक मान्दछन् । भौतिक जीवनमा जसै परिवर्तन हुँदै जान्छ। संस्कृति सम्पदा त्यही अनुरुप हुन्छ। सम्बन्ध भौतिकवादी स्थितिसँग हुन्छ। तर भौतिकवादीहरु धर्म र संस्कृतिको एकरुपता स्वीकार गर्दैनन् । कुनै समय सामन्तवादी अर्थव्यवस्था थियो, भूमिमा आधारित अर्थव्यवस्था कायम थियो र उत्पादन (Production ) त्यसै अनुसार हुन्थ्यो। जसै औद्योगिक क्रान्ति आयो, उत्पादन पनि औद्योगिक वस्तुहरू हुन थाले । समाजमा संस्कृति पनि बदलिदै गयो, अर्को शब्दमा भन्ने हो भने भौतिकवादीहरू सभ्यता, संस्कृति सबैलाई परिवर्तनशील मान्दछन्। अध्यात्मवादीहरूको जस्तो ईश्वर, धर्म, संस्कृतिको निरन्तरतामा उनीहरूको विश्वास हुँदैन। अहिले संसारमा गराई खाने, श्रम शोषण गर्ने पुँजीपति र गरी खाने, श्रम बेच्ने श्रमिक सर्वहाराको बीचको सङ्घर्षको संस्कृति अगाडि बढ्दैछ। पहिलोले आफ्नो शोषण, दमन कायम राख्न सम्पूर्ण श्रम बेच्नेहरुलाई भ्रम पार्न धर्म र संस्कृतिलाई अखण्ड रुपमा लैजान जोडतोडले परिश्रम गरिरहेको छ । दोस्रो शक्तिले जसको आफ्नो हक हितको रक्षा गर्न, गराई खाने वर्गको हातमा रहेको शक्ति(Power ) आफ्नो हातमा लिन कठोर संघर्ष गरिरहेको अवस्था छ। त्यसै अनुसार संस्कृति मात्रै साहित्य, संगीत, कला, शिक्षा, चालचलन, व्यवहार पनि छन्। धर्मको संस्कृतिसँग कुनै साइनो छैन । धर्म काल्पनिक (Imagination )हो र संस्कृति यथार्थता ( Real)हो । यदि पुँजीवादी समाज पनि परिवर्तन भएर अझ अगाडिको समाज उत्पन्न भएमा संस्कृति पनि एवं रीतले जानेछ।

