– नरेन्द्रबहादुर थापा
आज अक्टोबर २४,८०औं संयुक्त राष्ट्र संघ दिवस । सर्वप्रथम यस लेखको शिर्षक संयुक्त राष्ट्रसंघ दिवसमा रहेकोे संयुक्त राष्ट्रसंघूको परिचय दिनु नै उपयुक्त हुन्छ । संयुक्त राष्ट्रसंघ विश्व शान्ति स्थापनाको आधार तयारीको लागि गठित विश्वका विभिन्न राष्ट्रहरुको सांगठनिक सँस्था हो,जुन यहाँ बुंदागत रूपमा प्रष्ट पारिएको छ ।
१ .प्रत्येक वर्ष अक्टोबर २४ (कार्तिक ७ )का दिन विश्वभर संयुक्त राष्ट्रसंघ दिवस मनाइन्छ । यो दिन सन् १९४५ अक्टोबर २४ मा संयुक्त राष्ट्रसंघको संबैधानिक दस्तावेज आधिकारिक रूपमा कार्यान्वयनमा आएको सम्झनामा मनाइन्छ। दोस्रो विश्वयुद्धको भयावहता र मानवता माथिको गहिरो घाउले विश्वका राष्ट्रहरूलाई एउटा साझा संस्थाको आवश्यकतालाई महसुस गरायो । त्यसपछि विश्वमा स्थायी शान्ति विकास र सहकार्यको आधार तयार पार्न संयुक्त राष्ट्र संघको जन्म भयो। यति भनेर मात्र परिचय पुग्दैन, जसकोलागि संघको स्थापना र उद्देश्य पनि आवश्यकता पर्दछ।
२ं .संयुक्त राष्ट्रसंघको स्थापना सन् १९४५ मा ५१ सदस्य राष्ट्रहरूको सहभागिताबाट गरिएको थियो। आज यसको सदस्य सङ्ख्या १९३ राष्ट्र पुगेको छ। यसको मुख्य कार्यालय अमेरिकाको न्युयोर्कमा अवस्थित छ।
३.संयुक्त राष्ट्रसङ्घका मूल उद्देश्यहरू ( विश्व शान्ति र सुरक्षा कायम राख्नु , राष्ट्रहरूबीच मैत्रीपूर्ण सम्बन्ध विस्तार गर्नु , आर्थिक र मानव अधिकारका क्षेत्रमा सहकार्य प्रोत्साहित गर्नु र अन्तर्राष्ट्रिय कानुनको सम्मान र मानव मर्यादाको रक्षा गर्नु यसका उद्देश्यहरू हुन्।
४.संयुक्त राष्ट्रसंघले विगत ८० वर्षमा अनेकौं ऐतिहासिक उपलब्धि हासिल गरेको कुरा बताइदै आएको छ– जस्तैः
(विश्व शान्ति कायम गर्नका लागि विभिन्न शान्ति मिसनहरू सञ्चालन गर्दै युद्धपीडित देशहरूमा स्थायित्व ल्याउने प्रयास गरेको ।
–दुई ध्रुवीय विश्व बीच संवाद र सन्तुलन कायम गर्न सहयोग भएको ।
–मानव अधिकार घोषणापत्र १९४८ जारी गरी विश्व मानव अधिकारको आधारशिला तयारी भएको ।
–यसडिजी (सस्टेनेबल डेभलपमेन्ट गोल २०१५)
२०३० मार्फत दिगो विकासको स्पष्ट कार्ययोजना प्रस्तुत गरिएको ।
–स्वास्थ्य ,शिक्षा ,महिला सशक्तिकरण, बाल अधिकार, वातावरण र जलवायु परिवर्तनसम्बन्धी विविध कार्यक्रम मार्फत विश्व जनजीवनमा सकारात्मक प्रभाव पारिएको आदि ।
५.नेपाल र संयुक्त राष्ट्रसंघस् नेपाल सन् १९५५ डिसेम्बर १४ मा संयुक्त राष्ट्रसंघको सदस्य बनेको हो। त्यस यता नेपालले शान्ति स्थापना ,न्याय , जलवायु ,गरिबी निवारण र मानव अधिकारका सवालमा सक्रिय भूमिका निर्वाह गर्दै आएको जनाइएको छ।
० नेपाल संयुक्त राष्ट्रसंघका शान्ति मिसनहरूमा सबैभन्दा बढी सैनिक पठाउने शीर्ष १० राष्ट्रहरूमध्ये एक हो।
० दिगो विकासका क्षणहरू कार्यान्वयनमा नेपालले उल्लेखनीय प्रगति गरेको छ।
० सधैं नेपालले विश्व शान्तिको सन्देशवाहक राष्ट्रको रुपमा अन्तर्राष्ट्रिय क्षेत्रमा आफ्नो पहिचान मजबुत बनाएको छ।
६. आजको सन्दर्भमा संयुक्त राष्ट्र सङ्घका चुनौतीहरूस् यद्यपि वर्तमान विश्व परिदृश्यले संयुक्त राष्ट्र संघका लागि नयाँ चुनौतीहरू पनि ल्याएको छ।
० युद्ध र हिंसाको पुनरावृत्ति (जस्तै युक्रेन रूस युद्ध, मध्यपूर्वको युद्ध )
०जलवायु संकट र प्राकृतिक विपत्तिको तीव्रता ।
० विश्व असमानता ,आर्थिक असन्तुलन र प्रविधिगत अन्याय ।
० सदस्य राष्ट्रहरू बीचको राजनीतिक ध्रुवीकरण र असहयोग ।
पुजीवादी र समाजवादी दुबै राष्ट्रका लागि यी चुनौतीहरु छन् ।यी चुनौतीहरूका बीच पनि संयुक्त राष्ट्रसङ्घको आवश्यकता आज झन् बढ्दो छ । किनभने विश्व अझै पनि शान्ति , न्याय र सह–अस्तित्वको खोजीमा छ । तर समाजवादी भनिने देशहरूका लागि निम्नानुसारका प्रतिकुल पक्षहरू रहेका छन् ।
क. विचारधारात्मक दबाब–संयुक्त राष्ट्रसङ्घको धेरै नीतिहरूमा ‘मुक्त बजार’ र निजी स्वामित्वको विचार प्रोत्साहित हुन्छ। जुन समाजवादको सामूहिक स्वामित्वको सिद्धान्त सँग विपरीत छ।
ख. आर्थिक निर्भरता–विकास सहायता र ऋणको सर्तहरूले पुँजीवादी अर्थनीतिको दिशा दिन्छन् । यसले समाजवादी देशहरूको स्वतन्त्र आर्थिक नीति जस्तै राज्य–नियन्त्रित उत्पादन कमजोर बनाउँछ।
ग. राजनीतिक हस्तक्षेप मानवअधिकार र लोकतन्त्रको नाममा संयुक्त राष्ट्रसङ्घ र पश्चिमा शक्तिहरूले समाजवादी सरकारहरूलाई दबाब दिने, प्रतिबन्ध लगाउने वा हस्तक्षेप गर्ने गरेका छन्। उदाहरण क्युवा, उत्तर कोरिया, रूस अदि ।
घ.सञ्चार र सूचना क्षेत्र नियन्त्रण– संयुक्त राष्ट्रसङ्घका केही निकायहरूले पश्चिमी मिडिया र एनजिओका स्रोतहरू प्रयोग गर्दछन्, जसले समाजवादी शासनप्रति आलोचनात्मक दृष्टिकोण फैलाउँछन्।
ङ .असमान निर्णय प्रक्रिया संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद् काउन्सिलमा स्थायी सदस्यहरू (युएस, युके, फ्रान्स आदि) पूँजीवादी देशहरू हुन् ,जसको भिटोपावरले समाजवादी राष्ट्रहरूको प्रस्तावलाई रोक्न सक्छ।
च. प्रतिबन्ध र नाकाबन्दीको वैधानिकता( कतिपय अवस्थामा युनाइटेड नेसनका नीतिहरूले पश्चिमी प्रतिबन्धहरूलाई नै वैधानिक बनाइदिन्छ, जसले समाजवादी मुलुकहरूलाई आर्थिक रुपमा नोक्सान पुर्याउँदछ।
संयुक्त राष्ट्र संघ विश्व एकताको प्रतीक हो कि पुजीवादी प्रभुत्वको उपकरण भन्ने बारेमा छलफल गर्दा निम्न दुई ध्रुवीय निष्कर्ष निकालिएको छ।
१.संयुक्त राष्ट्रसङ्घ दिवस केवल संस्थाको स्मरण होइन, यो मानवता सहकार्य र शान्तिको साझा प्रतिबद्धता हो। विश्वले देखेको विनाश ,विभाजन र वैमनस्यताका बीच संयुक्त राष्ट्रसंघ आज पनि विश्व एकताको प्रतिक र आशाको दियो बनेर उभिएको जस्तो देखिए तापनि यस दिवसको सन्देश स्पष्ट छ।
२.संयुक्त राष्ट्र सङ्घू सबैका लागि समानू भन्ने आदर्श बोके पनि व्यवहारमा यसको आर्थिक र राजनीतिक नीतिहरू पुँजीवादी संरचना अन्तर्गत छन्। त्यसैले समाजवादी विचारधारा भएका देशहरू र नेताहरूले यस संस्थाको पुँजीवादी प्रभुत्वको उपकरणूभनेर आलोचना गरेका छन् । यद्यपि शान्तिको बाटो सहकार्य हो, र सहकार्यकै बाटो मानवताको भविष्य हो ।
अन्त्यमा संयुक्त राष्ट्रसंघ दिवसको अवसरमा हामी सबैले शान्ति, विकास र समानताको मूल्य आत्मसात् गर्नुपर्छ। राष्ट्र सानो होस् वा ठूलो, सबैको आवाज समान हुनुपर्छ ।अहिलेसम्मका बिभेदकारी नीति संशोधन गरी समानतामा जडदिनु पर्दछ ।यही हो संयुक्त राष्ट्रसङ्घको आत्मा।यही नै लेखकको सन्देश हो । ८०औं संयुक्त राष्ट्र संघ दिवसको अवसरमा सबैलाई शुभकामना । धन्यवाद ।
मिति ः२०८२÷०७०७

