काठमाडौँ । अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीले चीनमा आयोजना गर्न थालेको एक कार्यक्रममा नेपाल सरकारका विज्ञान तथा प्रविधि विभागका विश्व बाबु पुडासैनी चीन जाने भएका छन् । अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीले आगामी २०८२ मंसिर १५ देखि १९ गतेसम्म चीनको बेजिङमा “नेसनल लियासन अफिसर्स मिटिङ फर एसिया एन्ड द प्यासिफिक रिजन” विषय कार्यक्रम आयोजना गर्दैछ । पुडासैनीलाई उक्त कार्यक्रममा सहभागिताका लागि २०८२ मंसिर ८ गते बसेको नेपाल सरकारको मन्त्रिपरिषदको बैठकले स्वीकृति जनाएको हो ।
Comments

