कपिलवस्तुमा निर्वाचन बहिस्कार कार्यक्रम

कपिलवस्तु । संयुक्त संघर्ष समिति कपिलवस्तुले कपिलवस्तुको चन्द्रोटामा २०८२ माघ ५ ,कपिलवस्तु ‘स्वाधीन संयुक्त जनसरकार गठन गरौं ! जनसंविधान जारी गरौं ! कथित संसदीय निर्वाचन बहिस्कार गरौं ! भन्ने मुलनारका साथ विरोध कार्यक्रम सम्पन्न गरेको छ । नारा जुलुस सहित चन्द्रोटा बजारमा भएको कोणसभामा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल केन्द्रीय सदस्य दिपक पौडेल र नेकपा ( बहुमत ) केन्द्रीय सदस्य रेखा खनालले आफ्नो मन्तव्यमा फागुन २१ गते हुनेभनिएको संसदीय निर्वाचन अमेरिकी साम्राज्यवादी प्रतिनिधिलाई वैधानिकता दिन गर्न लागेको भन्दै निर्वाचन बहिस्कार कार्यक्रमलाई सशक्त बनाउने विचार व्यक्त गरे । कार्यक्रमको संचालन संयुक्त संघर्ष समिति कपिलवस्तुका संयोजक हिमाल वाग्लेले गरेका थिए ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित