अभिलेख
( हाँक साप्ताहिक वर्ष १ , अंक १३, ०४० माघ ४ मा प्रकाशित)
प्राय विश्वयद्ध पछि क्रमशः दुनियाँका शक्तिशाली राष्ट्रका रुपमा अविर्भाव भएको द्वितीय विश्वयुद्ध पछिका धनी देशभित्रमा एकमाना नै कायम गरेको संयुक्त राज्य अमेरिका क्रमशः आहलमा लग्दै छ । स्वतन्त्र अर्थनीति, प्रजातन्त्र, स्वतन्त्रतालाई आफ्नो वर्चश्व ठान्ने र दुनियाँलाई नै आफनो प्रत्यक्ष परोक्ष नियन्त्रणमा राख्न खोज्ने संयुक्त राज्य अमेरिका राजनैतिक , अर्थनैतिक एवं कुटनैतिक दावी पुरानै छ, अर्थपूर्ण छ ।
दुनियाँलाई बल, शस्त्राम्यको बलमा नै आफ्नो चंगुलमा राख्न सकिन्छ भन्ने हाँस्यास्पद विचार अमेरिकी नेताहरुको मचिंगलमा छँदैछ । आजभोलि भोगेको कुरा हो । लामो समयसम्म कुटनैतिक सेवामा रहेका र दुनियाकै गनिएका बुद्धिजीवी डा. हेनरी किसिञ्जर , जसले लेटिन अमेरिकी आयोगको नेतृत्व गरेका छन , ले भन्छन् ,“ एल साल्वेडरमा यथास्थिति कायम गर्न त्यहाँका तानाशाही सरकारलाई प्रचुर मात्रामा सहयोग पु¥याउनु पर्दछ , नभए निकारागुआमा समेत शैनिक हस्तक्षेप गर्नुपर्दछ , यसो गरिएन भने पूरा लेटिन अमेरिका, संयुक्त राज्य अमेरिकाको विरुद्ध हुन जानेछ, रुस समर्थकहरुको हातमा पर्न जानेछ । ”अमेरिकाले सधैभरी आफूलाई यथास्थितिवादको पक्षमा उभ्याउँछ, त्यसको संरक्षणमा सम्पूर्ण शक्ति लगाउँछ जब कि यथास्थितिवाद त्यहाँका सम्पूर्ण जनताहरुको विरुद्धमा हुन्छ । जनता त्यसलाई उखेलेर फ्याँक्न उद्दत हुन्छन् । अमेरिकाले अरबौं रुपियाँ खर्च गर्दा पनि आफनो लाखौं नागरिकलाई होम्दा पनि भियतनामका जनताले यथास्थितिवादलाई उखेलेर फ्याँके, निकारागुआमा सोमोजा पल्टियो यसै प्रकारले दुनियाँ गति र संक्रमणको स्थितिमा छ ।
अमेरिकीहरुले पैसा र सशस्त्र शक्तिको आडमा लेटिन अमेरिकालाई उठिसकेको यथास्थितिवादलाई जोगाउन चाहन्छ भन्ने निश्चित छ, भोलि लेटिन अमेरिका मात्र होइन सम्पूर्ण विश्व नै अमेरिकाले चाहे जस्तो बाटोमा हिंड्ने छैन, यो कुरा अमेरिकी नेताहरुले छिटै बुझ्नु पर्दछ ।

