–मनु वि.क.
सूचना,संचार,प्रविधिक्षेत्रसँग सम्बन्धित रहेर कार्य गर्नु नै पत्रकारिताहो । पत्रकारितासँग प्रकाशक,सम्पादक,सहसम्पादक, समाचार दाता,व्यवस्थापक,प्राविधिक,वितरक भएर कार्य गर्नु पर्ने हुन्छ । पत्रकारिताले समाजमा भए गरेका घटना तथ्यहरुको जानकारी गराउनुको साथै विगत र वर्तमानको विषयमा सत्य तथ्य जानकारी गराउने कार्य गर्दछ ।
मानव समाजले सिर्जना गरेका गीत,संगीत, कला,कथा, कविता,समालोचना, नाटक ,उपन्यास जस्ता साहित्य र साहित्य सम्बन्धी गतिविधि प्रकाशन गर्नु साहित्यिक पत्रकारिता हो । मानिसले सिर्जना गरेका रचनाहरु,साहित्यका विभिन्न विधाहरु र साहित्यिक गतिविधि,समाचारहरु प्रकाशनको उद्देश्यले प्रकाशन गरिएको पत्रिकाहरु साहित्यिक पत्रिकाहरु हुन् । साहित्यिक पत्रकारिता, साहित्यिक भाषाशैली र प्रस्तुतीकरण प्रयोग गरी सामाजिक यथार्थ उजागर गर्ने पत्रकारिता हो । यसले साहित्यका विभिन्न विधाहरु जस्तै कथा,कविता,नाटक,संस्मरण,विभिन्न व्यक्तिहरुसँगको अन्तरवार्ता आदिको माध्यमप्रयोग गरेर जनचेतना जगाउने काम गर्छ । साहित्यिक पत्रिकाहरुले लैंगिक,जातीय तथा क्षेत्रीय तथा वर्गीय उत्पीडनका विषयसँग सम्बन्धित रचनाहरुलाई प्रकाशित गर्दै आएका छन् ।
नेपालमा पत्रकारिताको इतिहास हेर्दा १९५८ सालदेखि गोरखापत्रको प्रकाशन भएपछि शुरु भएको हो । त्यसबेलादेखि आज सम्म आउँदा पत्रकारिताले अनेक उतारचढाव बेहोर्दै आएको छ । दैनिक,साप्ताहिक,पाक्षिक,मासिक,त्रैमासिक,अर्धवार्षिक ,वार्षिक,रुपमा पत्र पत्रिकाहरु प्रकाशितहुने गर्दछन् ।पत्रपत्रिकाहरुमा कला,साहित्यको प्रकाशन,साहित्य सम्बन्धी समाचारहरुको प्रकाशन हुने गर्दछ । साहित्यिक पत्रकारिताको श्रव्य,दृश्य र प्रकाशन जस्ता माध्यमहरु हुन्छन् । रेडियो टेलिभिजनहरुको माध्यमबाट साहित्यका विभिन्न विधाहरु प्रसारण हुन्छ । यसको माध्यमबाट देशविदेश,दूरदराजमा रहेका मानिसहरुमा साहित्यका सबै रचनाहरु पुग्न सक्छन् ।
साहित्यिक पत्रकारिता समाजको भावनासँग अगाध रुपमा जोडिन्छ । मानवले आफुुले भोगेका, देखेका, अनुुभव गरेका ,सुनेका,पढेकाकुराहरुलाई कलात्मक रुपमा अभिव्यक्त गर्ने क्रममा साहित्यको जन्महुन पुुग्यो । मानव विकास क्रममा प्रकृतिसँगको संघर्षमा मानवले अथाह दुःख कष्टहरु सहँदै आयो । यही दुुःख कष्टलाई कलात्मक ढंगले लयात्मक पाराले भन्ने क्रममा साहित्यको सिर्जना हुन पुुग्यो । मान्छेले सदा दुुःख कष्ट मात्रै पनि सहेन । सुखको अुनुुभूूतिपनिग¥यो । त्यसलाई पनिभाषाको माध्यमबाट अभिव्यक्त गर्न सिक्यो । मान्छेले आफुुले सिर्जना गरेको सिर्जनालाई सुनायो,एकआपसमा बाँड्यो । जब लेखन कलाको विकास भयो त्यसलाई लेखेर राख्नथाल्यो । सुनाएर मात्रै थोरै ठाउँहरुमामात्रै सुनिने भए । कागजको विकास भएसँगै कागजमा कोरिन थाले । कागजमा कोरिएकाहरुलाई धेरै भन्दा धेरै मान्छेकोबीचमा पुु¥याउन प्रकाशनहरु हुनथाले । कलात्मक शैलीमा भनेर,लेखेर नै साहित्यको विकास भयो ।मानव हृदयबाट सिर्जना हुने सुुख दुुःखका भावनाहरु नै साहित्य बन्यो । साहित्यजुन सुकै विधाका भए पनि मान्छेले सिर्जना गरेकोअमूूल्य नीधिहुन् ।
नेपालमा साहित्यिक पत्रिकाहरुले महिला तथा पुुरुषहरुका महिलासम्बन्धी लेख रचनाहरुलाई प्रकाशन गरेर महिला सशक्तीकरणमा ठूलो योगदान पुु¥याएका छन् । महिला सशक्तीकरण र साहित्यिक पत्रकारितादुई छुट्टाछुट्टै विषय जस्तालागे पनि वास्तवमा दुवै अन्तर सबन्धित छन्। महिलालाई आर्थिक, सामाजिक, शैक्षिक, राजनीतिकतथामानसिक रूपमा सक्षमबनाउने प्रक्रिया महिला सशक्तीकरण हो । महिलालाई यी सबैमा सक्षम बनाउने काममा चेतना फैलाउने काम साहित्यिक पत्रिकाहरुले गरेका छन् ।
हाम्रो समाजमा महिलाहरुलाई दोस्रो दर्जाको रुपमा व्यवहार गरिने,महिलाहरु स्वयम पनि अनेक प्रकारका रुढीवादी तथा अन्धविश्वासी भ्रमहरुमा लिप्त हुने,राज्यबाट महिलाहरु अधिकारबाट बञ्चित हुने जस्ता समस्या महिलाले भोग्दै आएका छन् । यो अवस्थामा समाजमा महिलाको स्थान सुदृढ बनाउनकालागि विचार, चेतना र प्रेरणा आवश्यक पर्छ । यहीचेतना फैलाउने माध्यमको रूपमा साहित्यिक पत्रकारिता महत्वपूर्ण भूमिका निभाउँदै आएका छन् ।
लेखन,अध्ययन, खोज, अनुसन्धान, पत्रकारितामा महिलाहरु लाग्नलाई विगतमा निकै गाह्रो थियो । महिलाहरुले घर हेर्ने ,बालबच्चाहरुको रेखदेख गर्ने, घरमा पालिएका वस्तुभाउलाई स्याहार सम्भार गर्ने खेतीपाती गर्ने जस्ता साना साना काम मात्रै महिलाहरुले गर्ने काम हो भन्ने खालको सोचाइ समाजमा रहेको थियो । जब नेपालमा लोकतान्त्रिक तथा राजनैतिक आन्दोलनको शुरुवात भयो,दलहरुको स्थापना भयो त्यो बेलामा नै महिलाहरुमा पनि जागरण र संगठित बन्ने माहोल बनेको थियो । महिलाहरु संगठित हुनको साथै महिला जागरण ,अध्ययन, लेखनमा लागेको हामी पाउँछौं । जस्तै नेपाली महिला आन्दोलनमा नेतृत्व प्रदान गर्दै आएकी मंगलादेवी सिंह,सहाना प्रधान,साधना प्रधान, कामाक्षादेवी ,पुस्पलता,दूर्गादेवी, स्नेहलताहरुले महिला संगठन निर्माण गर्नुका साथै महिला जागरण ल्याउनमा निकै ठूलो भूमिका खेलेका थिए र नेपालको राणा विरोधी आन्दोलनमा अग्रमोर्चामा रहेर संघर्ष गरेका थिए । त्यो हुनुमा राजनैतिक चेतना र जागरणको परिणाम थियो । नेपालमा महिलालाई भोट हाल्ने अधिकार ,चुन्ने र चुनिने अधिकार थिएन, सालको स्थानीय तहको काडमाण्डौ महानगरको निर्वाचनमा महिलाहरुलाई भोट हाल्ने अधिकार थिएन तर २०१० सालमा भएको निर्वाचनमा महिलाहरुले भोट हालेका थिए र साधना प्रधानले चुनाव जितेकी पनि थिइन् । त्यस पछि १५ सालमा नेपालले महिला मन्त्री नै पाएको थियो,द्वारिकादेवी ठकुरानी । महिलाहरुमा समय वित्दै जाँदा शैक्षिक चेतना विकास हुनुका साथै पढाइलेखाइमा पनि लागेको पाइन्छ । जब २०४६ सालको आन्दोलन भयो र प्रजातन्त्रको पुनबर्हाली भयो त्यस पछि शैक्षिक संस्थाहरुको तीव्र विस्तार र विकास हुनुका साथै महिलाहरुले पनि अध्ययनमा जोड दिन थाले । राजनैतिक परिवर्तनसँगै महिलाहरु राजनैतिक प्रतिनिधित्व पनि भयो । महिलाहरुमा जागरण आयो । अहिले लोकतान्त्रिक गणतन्त्रसम्म आउँदा महिलाहरु अध्ययन लेखनमा अगाडि नै छन् । साहित्यिक सिर्जनामा पनि लागिरहेका छन् ।
महिला सशक्तीकरणका सन्दर्भमा साहित्यिक पत्रकारिताले महिलाको संघर्ष, सफलता र पीडालाई कलात्मक तरिकाले प्रस्तुत गरी समाजमा सकारात्मक दृष्टिकोण सिर्जना गर्छ ।
नेपालमा साहित्यिक पत्रकारिता मार्फत धेरै लेखक र सम्पादक तथा समाचार दाताहरुले महिलाअधिकार, घरेलु हिंसा, लैङ्गिकविभेद र शिक्षाको अभाव जस्ता विषयमा लेख्दै आएका छन्। यसले समाजलाई महिलाको योगदान र क्षमताप्रति सचेत गराएको छ । साथै, महिला साहित्यकारहरूलाई पनि आफ्ना अनुभूति र विचार अभिव्यक्त गर्ने अवसर प्रदान गरेको छ । साहित्यिक पत्रिकाहरु राजधानी तथा मोफसलबाट प्रकाशितहुँदै आएका छन् । साहित्यिक पत्रिकाले धेरै लेखक ,साहित्यकारहरुलाई पाठकहरु माझ चिनाउन र स्रष्टालाई सिर्जनाकर्ममा लाग्न प्रेरित गर्दै आएका छन् ।
वि.सं. १९५५ सालमा प्रकाशितभएको ‘सुधासागर’ लाई नेपालको पहिलो साहित्यिक पत्रिका मानिन्छ ।
‘शारदा’ (१९९१), ‘रुपरेखा’(२०१७), ‘इन्द्रेणी’, ‘मधुपर्क’(२०२५), ‘गरिमा’,‘रचना’ (२०१८) ‘अभिव्यक्ति’, ‘जनमत’, ‘दायित्व’,प्रगतिशील लेखक संघको प्रकाशन प्रलेश, प्रगतिशील लेखक संघका जिल्लास्तरबाट प्रकाशितभएका साहित्यिकपत्रिकाहरु जस्तै ः सुर्खेतको ‘रातो थुँगा’,प्रगतिशील लेखक संघ नेपाल कैलालीको साहित्यिकप्रकाशन‘आयाम’(२०६२सालदेखि प्रकाशितहुनथालेको हो )प्रगतिशील लेखक संघ सिन्धुपाल्चोकको ‘बिहानी’, प्यूठानको ‘पसिना’,प्रलेश मकवानपुरको मुखपत्र‘प्रलेश’, नेपाल विद्युत प्राधिकरणको साहित्यिक पत्रिका‘अमर ज्योति’कृषिविकास बैंकको साहित्यिक प्रकाशन‘समष्टि’ ,हाम्रो सिर्जना साँस्कृतिक साहित्यिक त्रैमासिक , भवानी घिमिरेले शूूरु गरेको ‘भानुसाहित्यिकमासिक’,जो ६४ वर्ष पहिलेदेखि अहिलेसम्म प्रकाशितहुँदै आएको छ । जो २०७५ साल माघमा २२१औं पूर्णाङ्क पुुगेको थियो । साहित्यिक त्रैमासिकअन्तरबोध रहेका छन् । साहित्य श्रृङखला पोखराको सृजना
‘आलोकश्रृङखला’सुुसेली साहित्यिक परिवार मेचीनगरको ‘सुुसेली’ ,जसको सम्पादक मण्डलमा श्रीमतीभूवन खरेल समेत छिन् । दरम –वडिगाढ साहित्य संगमले प्रकाशित गरेको ‘गोधुली’,प्रवाहअध्ययन समाजले प्रकाशितगरेको साहित्यिकपत्रिका रचना,राप्ती साहित्य परिषदको प्रकाशन,किरण पुस्तकालय तम्घास गुल्मीको प्रकाशन“हाम्रो पूरुषार्थ”, आदिवासीजनजातिउत्थान राष्ट्रिय प्रतिष्ठानको “थुँगा”,विराट साहित्य संगम मोरङको साहित्यिक मासिकपत्रिका‘संगम अभियान’,गण्डकीसंगम,‘कालीको छाल’ , इच्छुक साँस्कृतिक प्रतिष्ठानको साहित्यिक पत्रिका‘इच्छुक’लगायतका सयौंको संख्यामा साहित्यिक पत्रपत्रिकाहरु प्रकाशन हुँदै आएका छन् ।
नेपाल सरकारको पत्रपत्रिकासम्बन्धी संस्था प्रेस काउन्सिल नेपालमा हिमाली ,गुराँस ,तन्नेरी ,वैजयती ,सुभारम्भ संगम , चेतना, सन्देश ,कल्पतरु,रचना ,अभिव्यक्ति शिवपुरी दोभान, अन्तरबोध, मुक्त सागर ,लहरा, जनमत, आंगर, नवप्रज्ञापन,गोलसिमल,शाब्द संयोजन, शब्दांकुर,गौरी ,श्रृङखला, आलेख,दायित्व ,कौसिकी ,सत्य संचार,रातो लालटिन लगायतका साहित्यिक पत्रिकाहरु दर्ता गरिएका छन् ।यी पत्रिकाहरुले महिला रचयिताहरुलाई स्थान दिन प्रयास गरेको देखिन्छ । पत्रपत्रिकाहरुमा प्रकाशित तथा श्रव्य दृश्य साधनहरुमा प्रसारित साहित्य, साहित्यिक गतिविधि, महिलासम्बन्धी महिला लेखक तथा पुरुषहरुले रचना गरेका रचनाहरुले परिवर्तनको पक्षमा,सामाजिक परिवर्तनमा तथा महिलाहरुको शैक्षिक उन्नति तथा चेतनास्तर विकासमा निकै महत्वपूर्ण भूमिका खेल्दै आएको छ । पत्रकारिताले आजको डिजिटल युुगसम्म आउँदा तमामउतार चढावहरु पार गर्दै आएको छ । साहित्यिक पत्रिकाहरुले समयअनुसार प्रविधियुक्त बनाउँदै लैजादै छन् । साहित्यिक पत्रिका प्रकाशनको शुरु भएको समयदेखि हाल सम्म हेर्दा १२७वर्ष पूरा भइसकेको छ । यो अवधिसम्मआउँदा साहित्यिक पत्रिकाहरु अनलाइन माध्यमबाट प्रकाशित हुँदै छन् । ‘मझेरी डटकम’ ,‘साहित्य संग्रहालय’, ‘साताको साहित्य’, ‘कविताकोष’ ,‘समकालीन साहित्य’ , ‘अक्षरंग’ ,‘नेपाली साहित्यडटकम’ ,‘साहित्यपोष्ट’ ,‘काव्यालय’लगायतकाअनलाइन माध्यमबाट प्रकाशित हुने साहित्यिक पत्रिकाहरु छन् । अन्य अनलाइन पत्रिकाहरुले पनि साहित्यलाई स्थान दिँदै आएका छन् । महिला साहित्यकारहरुको रचनाहरुलाई स्थान दिँदै आएका छन् ।
नेपालको प्रगतिशील साहित्यिक आन्दोलनमा वेदना र संकल्प दुईवटा साहित्यिक पत्रिकाको विशेष योगदान छ । २०२०को दशको मध्यतिर पारिजात, निनु चापागाइँ ,रामेश ,रायन , मञ्जुलसहितको टोलीले राल्फा आन्दोलन नामक साहित्यिक तथा साँस्कृतिक अभियान चलाएका थिए । २०२८तिर एकातिर नेकपा न्यूक्लियस हुँदै चौथो महाधिवेशन धारको कम्युनिष्ट आन्दोलनको विकास हुँदै गयो भने अर्कोतिर २०२८ मै झापा विद्रोह हुँदै नेकपा माले धारको विकास भयो । राल्फा आन्दोलनमा विभाजन भएपछि पारिजात , निनु चापागाइँ ,रायन चौमधारतिर आवद्ध भए भने रामेश ,मञ्जुल माले धारतिर आवद्ध भए । चौम निकटको वेदना परिवार र माले निकटको संकल्प परिवार नामक साहित्यिक तथा साँस्कृतिक संस्थाहरु अस्तित्वमा आए। ती दुवै संस्थाहरुलाई मूलतः पूर्व राल्फालीहरुले नेतृत्व गरेका थिए । वेदना साहित्यिक पत्रिकामा पारिजातको विशेष योगदान छ । वेदनाको वर्तमान प्रधान सम्पादक इन्दिरा दली र कार्यकारी सम्पादक डा. बिन्दु शर्मा दुवै महिला नै हुनुहुन्छ । संकल्प साहित्यिक पत्रिका लामो समयसम्म प्रकाशित भयो त्यो पत्रिका अहिले प्रकाशन नभएको भए पनि विगतमा त्यस पत्रिकामा कुन्ता शर्माको विशेष योगदान छ ।
साहित्यिक पत्रिकामा सम्पादक प्रकाशकहरु प्रायपुरुष नै छन् । केहीमहिलाहरुले साहित्यिकपत्रिकाको सम्पादनप्रकाशनको जिम्मेवारी बोक्न सफलभएका छन् । काठमाण्डौबाट प्रकाशितहुने “शाल्मलि” । यो साहित्यिकपत्रिकाको सम्पादकप्रकाशकलक्ष्मी भट्टराई परिधिहुन् । यो पत्रिका२०७९ साउन सम्ममावर्ष ९ पूूर्णाङक ९४सम्म प्रकाशितभएको देखिन्छ ।लोकभावना त्रैमासिक साहित्यिक पत्रिकाको प्रकाशक तथा प्रधान सम्पादक नानीमैया अधिकारी छन् । २०७५ फागुनमै यो पत्रिकावर्ष १२,पूणाङक ४४ सम्म पुुगेको छ।
यी साहित्यिक पत्रपत्रिकाहरुमा महिलासँग सम्बन्धित विषयवस्तुलाई आधार बनाएर पुरुष लेखक तथामहिला लेखकहरुले महिला सशक्तिकरणको पक्षमा आवाज उठाउँदै आएका छन् । नेपालमा विचारसँग सम्बन्धित रहेर पत्रपत्रिकाहरु प्रकाशितहुँदै आएका छन् । जस्तै २००९ सालमा गठन भएको प्रलेशले निरन्तररुपमाप्रलेश प्रकाशितगर्दै आएको छ । प्रलेशमामहिला लेखकहरुको रचनालाई प्राथमिकता दिँदै आएको छ । प्रलेशले महिला लेखकहरुका विचारहरुलाई स्थानदिँदै आएको छ । प्रगतिशील लेखक संघले २०७४ सालमा नारी स्रष्टा विशेषाङ्कको रुपमा प्रलेसप्रकाशित गरेको थियो । त्यस विशेषांकमा देशमा नामचलेका महिला साहित्यकारहरुको लेख,संस्मरण, कविता ,कथा,समालोचना प्रकाशित भएका छन् ।
नेपालमा साहित्यिक पत्रपत्रिकाहरुमा प्रकाशित लेख रचनाहरुले महिलाहरुको चेतनाविकासमा निकै योगदान पुु¥याएका छन् । पुरुषहरुले गरेका रचना होउन वा महिलाहरुका समाजमा चेतनास्तर उठाउन र समाज परिवर्तन गर्न महत्वपूर्ण योगदान पुु¥याएका छन् । महिलाहरु साहित्यिक पत्रकारितामा रहेर उनीहरुको चेतनास्तर उठाएका छन् भने प्रकाशन भएका रचनाहरुको अध्ययन पछि उनीहरु समाजलाई बुुझ्ने र बदल्ने विषयमा स्पष्ट हुँदै आएका छन् ।
महिलाहरुको शिक्षामाविकास नभएको अवस्थामा पनि महिलाहरुलाई जागृत गर्न पत्रकारिताले निकैठूलो भूमिका खेलेको थियो । साहित्यमा लागेका महिलाहरुको रचनाहरु प्रकाशन गरिदिएर साहित्यिक पत्रिकाहरुले महिलाहरुको आत्मविश्वासलाई उठाउन योगदान पुु¥याएका छन् ।
महिलाहरुलाई पुरुषप्रधान समाजले दोस्रो दर्जाको नागरिकको रुपमा,आफ्नो र परिवारको सेवकको रुपमाउभ्याइरहेकोछ । महिलाहरुले आफुुमाथि भए गरेका उत्पीडनको बारेमा समाज रुपान्तरणको आवश्यकताबारे गरेका रचनाहरुलाई प्रकाशनगर्ने कार्य साहित्यिकपत्रिकाहरुले गर्दै आएका छन् ।कुनै पनिविचार,दर्शन,कला,साहित्य लेखेर मात्रै हुँदैन ती कुराहरुलाई मानिसको बीचमा पुु¥याउनप्रकाशनको निकै महत्व हुन्छ ।काल्पनिक,धार्मिक, लैंगिक, आर्थिक ,प्रथाजन्य उत्पीडनहरुको बारेमा रचिएका रचनाहरुलाईप्रकाशनमा सहयोग पुु¥याउने काम साहित्यिकपत्रिकाहरुले गरेका हुन्छन् । समाजमा रहेको विकृतिविसंगतिको बारेमा लेखिएका र महिला उत्पीडन र समतामूलक समाजनिर्माण हुनुपर्ने कुराहरु,महिलालेमहिलाभएकै कारण भोग्नुपरेका हिंसा, असमानताहरुको विरोधमाआफ्नो कलममार्फत अभिव्यक्त गर्ने अवसर पाएका छन् । एक लेखककालागि प्रकाशन निकै ठूलो कुरा हो । प्रकाशनआफ्नो विचारलाई सबैको सामुराख्ने अवसर हो । जब प्रकाशन हुन्छ तब त्यस विषयमामानिसहरुकोबीचमाआफ्ना विचारहरु पुुग्छन् र त्यसले लेखकहरुलाई चिनाउन,उसको विचार, दर्शन बुुझन मद्दत गर्दछन् । महिला लेखकहरुको सन्दर्भमा पनि त्यहीहो । जब लेख रचनाहरु प्रकाशित हुन्छ आफूमाआत्मविश्वास बढ्दै जान्छ । यसले महिलाहरुको लेखनमानिखारता र परिपक्वताका साथै थपउर्जा र उत्साहको विकास हुुन्छ ।यसो गर्दा महिलाहरुको लेखनको क्षमतामाविकास हुँदै जान्छ । उनीहरुलाई लेखनको क्षेत्रमाथपनिरन्तरतादिनप्रोत्साहन मिल्छ । महिलाहरु जो साहित्यमाअनवरत रुपमालागे र लागिरहेका छन् ,उनीहरु लागिरहनुुमा कुनै न कुनै रुपमा साहित्यिकपत्रकारिताले सहयोग पुु¥याएको छ ।
नेपालमामहिला साहित्यकार पारिजातका रचनाहरु फुटकर रुपमाप्रकाशन गरेर साहित्यिक पत्रिकाहरुले धेरै ठूूलो काम गरेको पाइन्छ । अहिले पनि नवोदित महिला लेखकका रचनाहरुलाई स्थानदिएर साहित्यिकपत्रिकाहरुले उनीहरुलाई प्रोत्साहन दिइरहेका छन् ।
हाम्रो समाजमा आज पनि लेखक, चिन्तक,साहित्यकारको अग्रणी स्थान पुुरुषहरु कै आउँछ । महिलाहरुको स्थान निकै सीमित रुपमा रहेको छ । पत्रपत्रिकाहरुले महिलाको विषयहरुलाई स्थानदिने भने पनि रचनाहरुमा महिला पाउन निकै गाह्रो हुन्छ । महिलाहरुको उपस्थितिनिकै कम नै देखिन्छ । पछिल्लो अवधिमा पत्रपत्रिकाहरु एक किसिमले संकटमा गुज्रिरहेका छन् । अनलाइनहरुको विकास भएसँगै पत्रपत्रिकाहरु बन्दहुने स्थितिमा पुुगेका छन् । जो चलिरेहका छन् तिनीहरु प्नि निकै कष्टका साथ चलिरहेकाछन् । यो अवस्थामा साहित्यिक पत्रिकाहरु पनि निकै अप्ठ्यारो अवस्थामा छन् । संकटकै सामना गरेर भएपनि जो जसले चलाएका छन् उनीहरुलाई प्रोत्साहन गर्नु पर्छ।
महिला सर्जकहरुको रचनाहरुलाई जो जसले स्थानदिएका छन् उनीहरुले महिला सशक्तीकरणमा निकै ठूलो योगदान पुु¥याएका छन् । हामीले हे¥यौं भने विगतमा जो जो महिलाहरु रचनामा अग्रस्थानमा रहेका थिएउनीहरु नेपालको परिवर्तनको आन्दोलनमा पनि निकै अगाडि रहेको पाउँछौं । महिलाहरुको वैचारिक ,सैद्धान्तिक अवस्थामा पनि निकै निखारता रहेका पाइन्छ , जो जो साहित्य सिर्जनामा लागेका छन् ,ती महिलाहरुले समाजलाई राम्रोसँग बुुझेको र समाज परिवर्तनको आन्दोलनमा निकै ठूलो योगदान दिएको देखिन्छ ।जस्तै पारिजातलाई लिन सकिन्छ ,उनी गरिखाने वर्गको साहित्य लेखनका साथै समाज परिवर्तनको आन्दोलन ,नेपालको महिलाआन्दोलनमाअब्बल रहेकीथिइन् । त्यस्तै कुन्ताशर्मा नेपालको संसदमापुुरुष सत्ता विरुद्ध कवितामार्फत समानताको पक्षमाआवाज उठाउने एक जना महिला थिइन् । सिताशर्मा जसले आफ्ना निकै राम्रा रचनाहरुमार्फत समाज परिवर्तनको पक्षमाआवाज उठाएकी छन् ।महिलाहरु जो जसले समाज रुपान्तरण , लोकतन्त्रप्राप्तिको र महिलाअवस्थाहरु परिवर्तनको पक्षमा लेखिरहेका छन् उनीहरुका रचनाहरु पनिकुनै न कुनै साहित्यिक पत्रिकाहरुमा प्रकाशन भएको हामीले पाउँछौं ।
जो जो महिलाहरु समाज रुपान्तरणको आन्दोलनमा आज पनि लागिरहेकाछन्, जो जसले आजपनि समाजमा रहेका तमामविकृतिविसंगति विरुद्ध आवाज उठाइरहेका छन् उनीहरुको रचनाहरु कुनै न कुुनै साहित्यिक पत्रिकाहरुमा पढ्न पाइन्छ ।
जो जो लेखक ,साहित्यकार महिलाहरु समाजमा अग्र स्थानमा रहेका छन् उनीहरुको रचनाहरुलाई स्थानदिने र उनीहरुलाई प्रोत्साहन गर्ने कार्य साहित्यिक पत्रिकाहरुले गरेका छन् । साहित्यिक पत्रिकाहरुको यो कार्यले महिला सशक्तिकरणमा ठूलो योगदानदिएको छ । कुनै पनि महिलाको लेख रचनाले स्थानपाउनुभनेको उसको सामाजिक ,राजनैतिक, पारिवारिक सबै हिसाबले बुुझ्ने कुरामा राम्रो छ भन्ने कुरा हो । महिला स्वयमको चेतनास्तरको विकासको अवस्था बुुझ्न सजिलो पनिहो । नयाँप्रतिभाहरुलाई उत्पादन गर्र्ने कुरा पनि साहित्यले महत्वपूर्ण भूमिका खेलेको हुन्छ । नवप्रतिभाहरु आउनपनि साहित्यिकपत्रिकाहरुले योगदान रहेको हुन्छ । साहित्यमाअहिले डिजिटल समय सम्म आउँदामानिसहरुको पठन संस्कृतिह्रास हुँदै गएको छ ।सबैकुरा डिजिटलाज्ड विधिबाट प्राप्त गर्न सजिलो छ भन्ने जस्तो बुुझाइनिर्माण भइरहेको अवस्था छ । यो अवस्थामाअध्ययन संस्कृतिविकास गर्नु पर्ने आवश्यकताछ ।
अहिले नयाँमहिलाप्रतिभाहरु रचनामाखासै लागेको देखिँदैन । साहित्यसिर्जनामाभन्दापनिअहिले सामाजिक संजालमाव्यस्त रहने चलनको विकास हुँदै गएको छ ।सामाजिक संजाल हेर्ने सोहीअनुसार धारणा बनाउने सोहीअनुसार चल्ने र आफूलाई हिँडाउने चलनविकास भएको छ । उत्पीडनको विरुद्धमा चिन्तन,मननगर्न ध्यानदिन छोडिएको छ । राष्ट्रियता जनतन्त्र रजनजीविकाको सवालमाध्यानदिन छोडिएको छ ।महिलाअधिकार,आन्दोलन ,महिलाकाविषयवस्तुुहरुमाखासै ध्याननदिने ,ध्यानदिएपनिपुुरुषविरोधीभावना र धारणाहरु सम्प्रेषण गर्ने, पुुरुष कै कारण महिलामुक्तिहुननसकेको भने जस्तो ठान्ने प्रवृतिविकास भएको छ । महिलाहरु पहिले शिक्षामाकमीथियो । अक्षरसम्मचिन्नपाएकाथिएनन् तर अहिले छोरीबुहारीहरुले शिक्षाकोढोकाबाट वञ्चितहुन परेको छैन ।यो अवस्थामामहिलाहरुले अझै बढी खोज,अनुसंधानमालाग्नुपर्ने छ । मानवचिन्तनको विकासमालाग्नुपर्ने छ ।
महिला सशक्तीकरणकोलागिमहिलाहरुले निकै भूमिकानिभाउनुपर्ने छ ।महिलाहरु साहित्यिक,राजनीतिक, सामाजिक सबै स्तरमा विकास गर्नु पर्ने छ । देशमाअहिले २०८२ भदौ २३ र २४ गतेको जेन्जीकोनाममाभएको आन्दोलन पछि स्थिति निकै भयावह छ । देशमाअस्थिरताको वातावरण छ । कतिबेला के हुने हो भन्ने त्रासको अवस्था छ । जनताले वर्षौं लगाएर लडेर ल्याएको बोल्न,लेख्न पाउने मत अभिव्यक्त गर्न पाउने मौलिक हक समेत गुम्ने हो कि भन्ने अवस्था छ । देशमा वैदेशिक हस्तक्षेप निम्तने हो कि भन्ने त्रासको स्थिति छ । देशको भौतिक संरचनाहरु डढाएर खरानी पारिएको छ । देशलाई आर्थिक रुपमा कमजोर पार्ने काम भएको छ । यो अवस्थामा महिलाहरु महिला लेखकहरु निकै सचेत हुनुपर्ने भएको छ । साहित्यमार्फत महिलाहरुले देशको एकता, लोकतन्त्र, देशको विकास र महिला सशक्तीकरणकोलागि अझै सशक्त भूमिका निभाउनुपर्ने छ । देशनिर्माणको लागि ,राष्ट्रियता रक्षा र लोकतन्त्र रक्षाको लागि रचिएका साहित्यहरुलाई साहित्यिकपत्रिकाहरुले अझै बढी स्थानदिनुपर्ने देखिन्छ
कार्तिक ४ काठमाण्डौ ज्ञानेश्वर

