हिमालय सुरक्षार्थ अन्तर्राष्ट्रिय सम्मेलन हुँदै

काठमाण्डौ । पूर्वाञ्चल विश्व विद्यालयले हिमालय सुरक्षार्थ आगामी माघ २९देखि फागुन १ गतेसम्म दुइ दिने अन्तर्राष्ट्रिय सम्मेलन गर्ने भएको छ । मोरङ जिल्लाको सुन्दरहरैचा स्थित पूर्वाञ्चल विश्व विद्यालयको केन्द्रीय कार्यालयमा हिमालय क्षेत्रको सुरक्षाकालागि दिगो विकासबारे अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्न थालिएको हो ।
सम्मेलनमा नेपाल,भारत, नर्वे,युके, थाइल्याण्ड ,साउदी अरेविया ,बंगलादेश, अमेरिका सहित १२ भन्दा बढी देशका प्राज्ञ नीति निर्माता , अनुसन्धानकर्ता विद्यार्थी सहित ३ सय जना भन्दा बढी प्रतिनिधिको सहभागी हुने बताइएको छ । सम्मेलनको उद्देश्य विश्व स्तरमा विश्व विद्यालयको पहिचान विस्तार गर्ने र हिमालय क्षेत्रको दिगो भविष्य निर्माणमा योगदान पु¥याउनु रहेको आयोजकहरुले बताएका छन् । सम्मेलनमा हिमालय क्षेत्रको भविष्य ,दिगो विकासका नीति, जलवायु परिवर्तन र त्यसले पारेको प्रभाव तथा क्षेत्रीय आवश्यकता र समाधानका उपायमाथि छलफल हुने बताइएको छ । सम्मेलन सफल पार्न पूर्वाञ्चल विश्वविद्यालयका उपकूलपति र रजिस्ट्रारको संरक्षकत्वमा १३ सदस्सीय सम्मेलन आयोजक समिति गठन गरिएको छ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित