निर्वाचन स्थगित गरी बृहत राष्ट्रिय राजनीतिक सम्मेलन गर्न माग

 

काठमाडौं । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल जिल्ला समिति दाङले जिल्ला निर्वाचन कार्यालय, दाङ मार्फत केन्द्रीय निर्वाचन आयोगको कार्यालयलाई एक ज्ञापन पत्र बुुझाउँदै फागुन २१ गते गर्ने भनिएको निर्वाचन स्थगित गरी बृहत राष्ट्रिय राजनीतिक सम्मेलन गर्न माग गरेको छ । २०८२ माघ १८ गते बुुझाइएको उक्त ज्ञापन पत्रमा बृहत राष्ट्रिय राजनीतिक सम्मेलन मार्फत स्वाधीन संयुुक्त सरकार निर्माणका लागि वातावरण बनाउन सहयोग गर्न अनुरोध गरिएको छ । ३ बुुँदे ज्ञापन पत्रमा पार्टीका जिल्ला सचिव दीपले हस्ताक्षर गरेका छन् । पार्टीको ४ नं. व्यूूरो सचिव समिरले बताए अनुसार उक्त ज्ञापन पत्र त्यस व्यूरोका सबै जिल्लामा बुुझाइएको छ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित