काठमाण्डौ । अदालतले सहकर्मी शिक्षिकामाथि विद्यालय मै जातीय विभेद गर्ने तेह्रथुमको अठराई गाउँपालिका– ७ स्थित नाम्जाङ आधारभूत विद्यालयकी प्रधानाध्यापक तारादेवी खतिवडालाई नौ महिना कैद सजाय गरेको छ ।
तेह्रथुम जिल्ला अदालतका न्यायाधीश दिलकुमार बर्देवाको २०८२ को इजलासले २२ वर्षीया शिक्षिका एलिसा विश्वकर्मामाथि खतिवडाले गरेको जातीय छुवाछुत कसुरमा फैसला गर्दै नौ महिना कैद, ७५ हजार जरिवाना , ५० हजार क्षतिपूर्तिको फैसला सुनाएको हो ।
६ महिना कैद र ५० हजार जरिवानाको फैसला हो तर सार्वजनिक पदधारण गरेकाले थप तीन महिना कैद, २५ हजार जरिवाना र ५० हजार क्षतिपूर्ति फैसला भएको छ । शिक्षिकाको जाहेरीका आधारमा प्रहरीले खतिवडालाई १८ भदौमा पक्राउ गरेर जातीय तथा अन्य सामाजिक छुवाछुत र भेदभावसम्बन्धी कसुरमा ३१ भदौमा जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो । तल्लो जातको भएको भन्दै विद्यालयमा पकाएका खाना नछुनु भनेर एलिसामाथि तारादेवीले गत भदौमा विद्यालयमै जातीय विभेद गरेकी थिइन् ।
शिक्षिका एलिसा विश्वकर्मालाई विद्यालयमा गत मंसिरदेखि हाजिर गर्न रोक लगाइएको थियो भने उनले पाउँदै आएको तलबसमेत घटाइएको थियो ।
जातीय विभेद गर्ने प्रध्यानाध्यापकलाई नौ महिना कैद फैसला
Comments

