नारायण जिसीको निधन

काठमाडौं । राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य नारायण जिसीको निधन भएको छ । २०८२ फागुन १ गते ललितपुरस्थित हस्पिक केयर सेन्टरमा जिसीको मृत्यु भएको हो । उहाँ लामो समय देखि ब्रेन ट्युमरको बिमारी हुनुहुन्थ्यो । नारायण जिसीले लामो समय अखिल भारत नेपाली एकता समाज मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका विभिन्न तहमा रहेर काम गर्नुभएको थियो । उहाँले रुपन्देही जिल्लामा नेकपा मसाल को प्रवक्ताको जिम्मेवारी पनि निर्वाह गर्नुभएको थियो । हाँक परिवारको तर्फबाट निधन हुनुभएका नारायण जिसी प्रति हामी हार्दिक श्रद्धाञ्जी व्यक्त गर्दछौं र उहाँकी जीवन साथी तारा जि.सी .र उहाँका सबै आफन्तजनहरुमा हार्दिक समवेदना व्यक्त गर्दछौं ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित