बेङ्गलोर ।अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समिति अन्तर्गत बेङ्गलोर दक्षिण नगर समितिको चौथो बैठक२६जुलाई २०२६ का दिन राम दत्त पाण्डेय को अध्यक्षतामा र क्षेत्रीय सदस्य सुर्य बहादुर थापाको विशेष उपस्थिति र हरिराम वि.क को संचालनमा सम्पन्न भएको छ । बैठकले आगामी महिलाहरुको चाड हरितालिका तिजको कार्यक्रमलाई सांगठनिक उद्घोष र सन्देशलाई प्रथामिकताका आधारमा नै अगाडि बढाउने वाचाका साथ जनवादी गीतबाट प्रकट हुने निर्णय गर्नुका साथै बेङ्गलोरमा रहने नेपाली महिला दिदीबहिनीहरु गीत र नृत्यमा मात्र नभै सांगठनिक यात्रामा पनि एक हुदै र संगठित गर्दै तिजी कार्यक्रम सफल पार्ने निर्णय गरेको छ । सोही दिन महिला विभागको बैठक पनि सम्पन्न भएको छ । बैठकले बैठकले महिलाहरुलाई राजनीतिक रुपले विशेष प्रशिक्षित गर्ने निर्णय भएको छ । बैठकमा अखिल भारत नेपाली एकता समाज केन्द्रीय समितिका उपाध्यक्ष किसान बि क , धरमराम बिक , रामसिंह बि.क, गणेश बि. क को पनि उपस्थिति रहेको थियोे ।

