क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालद्वारा शान्ति गुरुङ्प्रति  श्रद्धाञ्जली अर्पण 

काठमाडौं । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालद्वारा पार्टीका पोलिटब्यूरो सदस्य  केशर गुरुङकी ममतामयी आमा शान्ति गुरुङ्प्रति  श्रद्धाञ्जली अर्पण गरेको छ ।  फागुन ४, २०८२ मा पार्टीका महासचिव गौरवले एक प्रेस–वक्तव्य जारी गरी श्रद्धाञ्जली व्यक्त गर्नु भएको हो । वक्तव्य यस प्रकार छ –
“प्युठान जिल्ला सरुमारानी गाउँपालिका वडा नंं. २ निवासी शान्ति गुरुङ्को हिजो २०८२ फागुन ३ गते ८७ वर्षको उमेरमा दुःखद निधन भएको छ । उहाँ लामो समयदेखि नशासम्बन्धी रोगबाट पीडित हुनुहुन्थ्यो । उहाँ हाम्रो पार्टीका पोलिटब्यूरो सदस्य कमरेड केशर गुरुङकी ममतामयी आमा हुनुहुन्थ्यो । उहाँका ५ छोरा ५ बुहारी, नाति नातिना तथा पनाति पनातिनीहरु हुनुहुन्छ । उहाँको निधनबाट पार्टीले एकजना असल शुभचिन्तक र परिवारले कुशल अभिभावक गुमाएको छ । दुःखको यस घडीमा हाम्रो पार्टी शान्ति गुरुङ्प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ । साथै, कमरेड केशर गुरुङ् लगायत सम्पूर्ण शोकाकूल परिवार, उहाँका साथीभाइ तथा शोकसन्तप्त आफन्तजनमा हार्दिक समवेदना व्यक्त गर्दछ । ”
Comments
- Advertisement -

समाचार सँग सम्वन्धित