काभ्रे । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल जिल्ला समिति काभ्रेले माइली तामाङ प्रति श्रद्धाञ्जली व्यक्त गरेको छ।पार्टीका काभ्रे जिल्ला सचिव परिवर्तनले २०८२ फागुन २ गते एक वक्तव्य जारी गरी सो श्रद्धाञ्जली व्यक्त गरेका हुन्।क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल तिमाल गाउँ समितिका सचिव सूर्यमान तामाङकी ममतामयी आमा माइली तामाङको २०८२ माघ २९ गते निधन भएको थियो । सूर्यमान तामाङ, गुञ्जमान तामाङ र विरषमान तामाङ तीन छोरा सहित तीन बुहारी र नाति नातिना हुनुहुन्छ। माइली तामाङको जन्म २०१० सालमा भएको थियो ।
Comments

