एमालेका कार्यकर्ताहरू सडकमा

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई उनकै निवास भक्तपुरको गुण्डुबाट हिजो चैत्र १४ गते बिहान ४ बजेतिर प्रहरीले गिरफ्तार गरेपछि एमालेका कार्यकर्ताहरु आन्दोलित भएका छन्। बिहान १० नबज्दै एमालेका कार्यकर्ताहरु करीव ३० जनाको संख्यामा काठमाडौंको चाबहिल चोकमा जम्मा भएर विरोध प्रदर्शन गरेका थिए । दिनमा माइतीघरमा १५० कार्यकर्ता जम्मा भएर विरोध प्रदर्शन गरेका थिए । माइतीघर देखि नयाँ बानेश्वर सम्म दिनभरि जसो तनावग्रस्त स्थिति रहेको थियो। केही निजी गाडी तोडफोड भएका थिए । प्रदर्शनकारीहरुले सडकका डिभाइडर र टायर जलाएका थिए । केपी वलीलाई रिहा गर ।हत्यारा गृहमन्त्री राजीनामा दे ! हत्यारा प्रधानमन्त्री बालेन मूर्दावाद ! लगायतका नारा लगाएका थिए ।

 

त्यसैगरी गुल्मीमा कार्यकर्ताहरूले बेलुकी पख मसाल जुलुस गरेका थिए र प्रहरीले हस्तक्षेप गर्न कोसिस गरेपनि मुुठभेड भएन । एमालेले संसद, सडक र कानुनी तीन तरिकाले संघर्ष गर्ने बताएको छ। संसदभित्रको संघर्षलाई संयोजन गर्नका लागि रामबहादुर थापा बादललाई जिम्मा दिएको र सडकमा संघर्षलाई अगाडि बढाउनका लागि अन्य पार्टीहरूसँग कुरा गर्नका लागि पार्टी नेता विष्णु पौडेललाई जिम्मा दिएको र कानुनी लडाईलाई अगाडि बढाउनका लागि पार्टीभित्रका वकिलहरुलाई जिम्मा दिएको एमालेले बताएको छ । केपी शर्मा ओली पक्राउको विरोधमा आज देशभरका जिल्ला प्रशासन कार्यालयमा विरोधपत्र बुझाउने एमालेले बताएको छ । ओली र कांग्रेस नेता रमेश लेखकलाई भाद्र २३ र २४ गते जेनजी आन्दोलनमा दमन गरेको आरोपमा पक्राउ गरिएको र उनीहरूलाई आज जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइनेछ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित