काठमाडौं ,चैत २४ गते , पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा अखिल (क्रान्तिकारी) लगायत संयुक्त विद्यार्थी संगठनले आज उपत्यकामा आयोजना गरेको प्रदर्शनपछि सरकार दबाबमा परेको छ । आज आयोजित आन्दोलनको प्रभावस्वरूप सरकारले पेट्रोलियम पदार्थमा लाग्दै आएका सात करमध्ये भन्सार महशुल र पूर्वाधार विकासमा लगाइने ५० प्रतिशत कटौती गर्ने निर्णय गरेको छ ।
यो तुलनात्मक रुपमा प्रगतिशील कदम भएको कुरा विभिन्न कोणबाट आवाज उठिरहेका छन् । यसैबीच माइतिघरमा दिउँसो तीन बजे आयोजना गरिएको कार्यक्रम आजको लागि स्थगित गरिएको र संघर्ष जारी रहेको कुरा विद्यार्थी नेताहरूले जानकारी गराएका छन् ।
Comments

