काठमाडौ । त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरूले सामूहिक रूपमा राजीनामा दिएका छन्। उपकुलपति प्रा.डा. दीपक अर्याल, रेक्टर प्रा.डा. खड्ग केसी र रजिस्ट्रार प्रा.डा. केदारप्रसाद रिजालले पद त्याग गरेका हुन्।सरकारले अध्यादेशमार्फत हटाउने तयारी गरिरहेकै बेला उनीहरूको सामूहिक राजीनामा आएको हो।
Comments

