हिमलाल वाग्ले, कपिलवस्तु । जनताको अधिकार कुण्ठित गर्ने षडयन्त्रको विरोध गरौं भन्ने मूलनाराको साथमा १३७ औँ मजदुर दिवस भव्यताका साथ सम्पन्न भएको छ । पार्टीका जिल्ला सचिव हिमलाल वाग्लेको अध्यक्षतामा र पार्टीका जिल्ला सचिवालय सदस्य ज्ञानीराम पुरीको सञ्चालनमा कार्यक्रम अगाडि बढेको थियो। कमल उप्रेतिले कार्यक्रमका अतिथि तथा सहभागीहरूलाई स्वागत गर्नुभएको थियो। कार्यक्रमका प्रमुख अतिथि क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका स्थायी समिति सदस्य तथा पार्टी प्रवक्ता हेमन्त प्रकाश ओली सुदर्शन हुनुहुन्थ्यो। सुदर्शनले मजदुर दिवसको ऐतिहासिक सन्दर्भ जोड्दै भन्नुभयो , “ सन् १८८६ मा अमेरिकाको सिकागो सहरमा मजदुरहरूले ८ घण्टा काम, ८ घण्टा आराम र ८ घण्टा मनोरञ्जनको माग गर्दै आन्दोलन गरेका थिए । उक्त आन्दोलनलाई तत्कालीन प्रतिक्रियावादी सरकारले दमन गरेको थियो । दमनका बाबजुद उक्त आन्दोलन सफल भएको थियो । त्यतिबेला १२ घण्टा, १७ , १८ घण्टासम्म मजदुरहरुले काममा जोतिनुपर्दथ्यो । संसारका कैयौं ठाउँमा अझै पनि ८ घण्टा कार्य दिवस लागुभएको छैन । मजदुर दिवसको मर्मलाई आत्मसात गरेर आजको मजदुर आन्दोलन अगाडि बढाउनुपर्छ । ”
मन्तव्यका क्रममा सुदर्शनले गत भाद्र २३ र २४ गतेको जेन्जी आन्दोलन पछि अमेरिकी साम्राज्यवाद आफ्ना दलालहरु मार्फत नेपालको राजनीतिमा हावी हुँदै गएको पनि प्रष्ट पार्नुभयो। सुदर्शनले बालेन सरकारले देशभरि डोजर आतंक फैलाएर गरीब ,सुकुम्बासीहरु माथि दमन गरेकोले जनताको संघर्षलाई चर्काएर लानुपर्ने आबश्यकतामा जोड दिनुभयो ।
कार्यक्रममा वैकल्पिक पोलिट ब्युरो सदस्य अम्बिका चन्द विशिष्ट अतिथि हुनुहुन्थ्यो।,् त्यस्तै अर्का विशिष्ट अतिथि पार्टीका केन्द्रीय सल्लाहकार पितम्बर आचार्य हुनुहुन्थ्यो। कार्यक्रमको प्रारम्भमा ज्ञात अज्ञात शहीदहरूप्रति एक मिनेट मौन धारण गरिएको थियो।

