२६औं निर्मल लामा स्मृति दिवस कार्यक्रम सम्पन्न

 

२०८३ बैशाख २७ बुटवल । रुपन्देहीमा, निर्मल लामा स्मृति प्रतिष्ठान शाखा समिति रुपन्देहीको आयोजनामा २६औं निर्मल लामा स्मृति दिवस कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको प्रमुख अतिथि स्मृति प्रतिष्ठानका केन्द्रीय सचिव हकीकुल्लाह खां र विशिष्ट अतिथि क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका नेता तथा प्रतिष्ठानका सल्लाहकार प्रेम सुवेदी हुनुहुन्थ्यो । कार्यक्रममा केन्द्रीय सचिव हकीकुल्लाह खां, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका नेता तथा प्रतिष्ठानका सल्लाहकार प्रेम सुवेदी र प्रतिष्ठानकै लुम्बिनी प्रदेश सदस्य चक्रव्युह थापाले मन्तव्य राख्नुभएको थियो । सबै वक्ताहरूको जोड थियो, निर्मल लामाको क्रान्तिकारी विचारको संरक्षण र प्रचारप्रसार अहिलेको आवश्यकता छ । उहाँको क्रान्तिकारी कम्युनिस्ट आन्दोलन निर्माण गर्न पुर्‍याएको योगदानको कदर गर्दै उहाँबाट सिक्ने विषयलाई सबैले अनुसरण गर्नुपर्ने अपरिहार्यता रहेको छ, भन्ने सबै वक्ताहरूको भनाइ थियो ।
कार्यक्रमको सञ्चालन लालबहादुर थापा , स्वागत मन्तव्य सोमनाथ पौडेल र कार्यक्रमको अध्यक्षता गङ्गालाल प्रधानले गर्नुभएको थियो । निर्मल लामाको योगदान र कम्युनिस्ट आन्दोलनप्रतिको उहाँको भूमिकाको विषयमा कार्यक्रममा अन्तरक्रियात्मक रूपले पनि छलफल भएको थियो । जितामित्र सुनार

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित