धेरैजसो जग्गा दलालहरु अहिले रास्वपामा पसेका छन्

समिर, ४ नम्बर व्यूरो इञ्जार्ज ,क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल

( हालै दाङको एक कार्यक्रममा सुकुम्बासी समस्याबारे बोल्दै समिरले राखेको विचार )

के रास्वपाका नेताहरू अर्कै दुनियाबाट आएका एलियन हुन् ? हिजोका दिनमा तपाईँहरू कुन कुन पार्टीमा हुनुहुन्थ्यो ?कुन कुन पार्टीका कार्यकर्ता हुनुहुन्थ्यो भन्ने कुरा के हामीलाई थाहा छैन ? तपाईँले दाङका रास्वपाका नेताहरूको स्थिति हेर्नुस् त ! उहाँहरु कहाँ कहाँ हुनुहुन्थ्यो ? आज सुकुम्बासीका बस्तीहरूमाथि डोजर लगाउँछु भनेर तपाईँले दिवा सपना नदेख्नुस्। आज तपाईंले जनताका विरुद्ध बन्दुक चलाइरहनु भएको छ। जब जनताले बन्दुक
बोक्ने बेला आउँछ , त्यतिबेला तपाईहरु यो ठाउँमा नभेटिने स्थिति पनि हुन सक्छ। त्यसैले हामी भनिरहेका छौं जनतालाई त्यसरी बाध्य नबनाउनुस्। देखिसकिएको छ नि त , पाँच सात जना त तपाईंका सांसदहरु नै देखिसकिएकोछ । पहिला त्यहाँ डोजर लगाउनु न। दाङमा सुकुम्बासीको बस्तीमा होइन। जग्गा बेचबिखन गर्ने दलालहरूको बस्तीमा डोजर लगाउनुस्। गरिब जनताले त ३ लाखमा, पाँच लाखमा, ७ लाखमा दलालहरूबाट घर घडेरी किनेर बास बनाएर बसेकाछन्। अहिले जग्गा खरिद बिक्री गर्ने दलालहरू सबै रास्वपामा पसेका छन्। उनीहरू जसको नयाँ सरकार बन्छ त्यहाँ पस्दछन् । हिजो कांग्रेसको सरकार बन्दा त्यहाँ पसे । एमालेको सरकार बन्दा त्यहाँ पसे । पछि माओवादीको सरकार बन्दा त्यहाँ पसे र आज रास्वपामा पसेका छन्। बिना छानबिन, बिना आयोग, बिना नीति, बिना नियम डोजर लगाउन पाइन्छ ? तपाईँ प्रधानमन्त्रीले १९० तोला सुन राख्न मिल्छ भने जनताले एउटा सानो टहरो बनाउन पाउँदैन ? त्यस्तो पनि कही न्याय हुन्छ ?

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित