२७ बैशाख, नवलपुर ।
नवलपुरमा निर्मल लामा स्मृति दिवस सम्पन्न भएको छ । निर्मल लामा स्मृति प्रतिष्ठान नवलुर शाखाको आयोजना र रेकम बिश्वकर्माको अध्यक्षतामा कार्यक्रम सम्पन्न गरियो । कार्यक्रमको शुरुमा १ मिनेट मौन धारण गरि लामा प्रति श्रद्धान्जली अर्पया गरिएको थियो ।कार्यक्रममा निर्मल लामाले नेपालको प्रजातान्त्रिक आन्दोलन र वाम एवम कम्युनिस्ट आन्दोलनमा गर्नु भएको योगदान बारे अन्तरक्रियात्मक परिचर्चा गरियो ।
कार्यक्रममा निर्मल लामा स्मृति प्रतिष्ठानका केन्द्रीय सदस्य एबम माक्सीय गुरुकुलका केन्द्रीय सचिव किशन शर्मा , मजदुर आन्दोलनका नेता बामदेव जि सी , दलित अधिकारका अभियन्ता टेकलाल बिश्वकर्माले बोल्नु भएको थियो । आगामी जेठ १२ गते प्रतिष्ठानको आयोजनामा ू नेपालको कम्युनिस्ट आन्दोलनमा कमरेड निर्मल लामाको भमिका, अन्तरक्रिया कार्यक्रम गर्ने निणय गरेको छ ।कार्यक्रम सोम श्रीपालीले सन्चालन गर्नु भएको थियो ।
ःष्

