रुपन्देहीमा २६औं निर्मल लामा स्मृति दिवस

 

बुटवल । मिति २०८३ बैशाख २७ गते, बुटवल रुपन्देहीमा, निर्मल लामा स्मृति प्रतिष्ठान शाखा समिति रुपन्देहीको आयोजना र गङ्गालाल प्रधानको अध्यक्षतामा मिति २०८३ बैशाख २७ गते २६औं निर्मल लामा स्मृति दिवस कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको प्रमुख अतिथि स्मृति प्रतिष्ठानका केन्द्रीय सचिव हकीकुल्लाह खाँ रहनु भएको थियो ।विशिष्ट अतिथि क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका नेता तथा प्रतिष्ठानका सल्लाहकार प्रेम सुवेदी हुनुहुन्थ्यो ।
कार्यक्रममा केन्द्रीय सचिव हकीकुल्लाह खाँ, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका नेता तथा प्रतिष्ठानका सल्लाहकार प्रेम सुवेदी र प्रतिष्ठानकै लुम्बिनी प्रदेश सदस्य चक्रव्यु थापाले मन्तव्य राख्नुभएको थियो । निर्मल लामाको क्रान्तिकारी विचारको संरक्षण र प्रचारप्रसार अहिलेको आवश्यकता , उहाँको क्रान्तिकारी कम्युनिस्ट आन्दोलन निर्माण गर्न पुर्‍याएको योगदानको कदर गर्दै उहाँबाट सिक्ने विषयलाई सबैले अनुशरण गर्नुपर्ने अपरिहार्यता रहेको भनाइ सबै वक्ताहरूको थियो ।

कार्यक्रमको सञ्चालन लालबहादुर थापा ,स्वागत मन्तव्य सोमनाथ पौडेलले गर्नुभएको थियो । निर्मल लामाको योगदान र कम्युनिस्ट आन्दोलनप्रतिको उहाँको भूमिकाको विषयमा कार्यक्रममा अन्तरक्रियात्मक रूपले पनि छलफल भएको थियो ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित