विरोध प्रदर्शन गरिने

 

काठमाडौं । क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपाल, नेकपा (बहुमत), नेपाल कम्युनिष्ट पार्टी र वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपाल सम्मिलित केन्द्रीय संयुक्त संघर्ष समितिले वैशाख ३० गते काठमाडौं लगायत देशैभर विरोध प्रदर्शन गर्ने तयारी गरेको छ । समितिले सुकुम्वासी जनतामाथिको राज्य आतंक, महङ्गीको अत्याचार र राष्ट्रिय स्वाधीनतामाथिको खेलबाडका विरुद्ध राजधानीसहित देशव्यापी आयोजना गरिने विरोध प्रदर्शनमा भाग लिन सबैलाई हार्दिक अपिल समेत गरेको छ ।

केन्द्रीय संयुक्त संघर्ष समितिले काठमाडौंमा दिनको १ बजे बिजुली बजारमा जम्मा भएर विरोध प्रदर्शन गरिने सम्बद्ध स्रोतले जानकारी दिएको छ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित