काठमाडौं । मे १४ मा बेइजिङको ग्रेट हल अफ द पिपुलमा चिनियाँ राष्ट्रपति सी जिनपिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग वार्ता गरेका छन् ।
बेइजिङ रिभ्यूका अनुसार भेटवार्तामा सी ले भनेका छन् “ विश्वभर एक शताब्दीमा नदेखिएको परिवर्तन तीव्र गतिमा बढिरहेको छ र अन्तर्राष्ट्रिय परिस्थिति तरल र अशान्त छ। के चीन र संयुक्त राज्य अमेरिकाले प्रमुख(देश सम्बन्धको नयाँ प्रतिमान सिर्जना गर्न सक्छन् ? के हामी विश्वव्यापी चुनौतीहरू सँगै सामना गर्न सक्छौं र विश्वको लागि स्थिरता प्रदान गर्न सक्छौं ? के हामी दुई देशका जनताको कल्याण र मानवताको भविष्यको हितमा हाम्रो द्विपक्षीय सम्बन्धको लागि सँगै उज्ज्वल भविष्य निर्माण गर्न सक्छौं ? यी इतिहास, संसार र जनताको लागि महत्त्वपूर्ण प्रश्नहरू हुन्, । यी समयका प्रश्नहरू हुन् जसको जवाफ प्रमुख देशका नेताहरूले मिलेर दिनुपर्छ । म तपाईंसँग मिलेर चीन –अमेरिका सम्बन्धको विशाल जहाजलाई मार्ग तय गर्न र अगाडि बढाउन तत्पर छु, ताकि २०२६ लाई चीन–अमेरिका सम्बन्धमा नयाँ अध्याय खोल्ने ऐतिहासिक वर्ष बनाउन सकियोस् । ”
सी चिनफिङले भने ताइवान मामिला चीन –अमेरिका सम्बन्धको सबैभन्दा महत्त्वपूर्ण मामिला हो। यसलाई उचित रुपमा समाधान भएमा दुई देशको सम्बन्ध सामान्य रूपमा स्थिर रहने छ। यदि यसलाई राम्रोसँग सम्हाल्न सकिएन भने, दुई देशबीचमा टकराव वा द्वन्द्व उत्पन्न हुनसक्छ, जसले चीन– अमेरिका सम्बन्धलाई अत्यन्त जोखिमपूर्ण अवस्थामा धकेल्न सक्नेछ। ”
सिजि िट एनले बताए अनुसार राष्ट्रपति ट्रम्पले राष्ट्राध्यक्ष सी चिनफिड्डलाई भने “तपाईं एक महान नेता हुनुहुन्छ, म तपाईंलाई महान नेता भनेर प्रायः भन्छु। चीन आउन पाएकामा मलाई धेरै गौरव लागेको छ। ”
वार्ता क्रममा दुवै देशका राष्ट्रनायकले मध्य पूर्वी परिस्थिति, युक्रेन सङ्कट र कोरियाली प्रायद्वीप लगायतका महत्वपूर्ण अन्तर्राष्ट्रिय र क्षेत्रीय विषयबारे वैचारिक आदान प्रदानगरेका छन्।
भेटवार्ताको क्रममा राष्ट्रपति ट्रम्पका साथमा चीन आएका अमेरिकी व्यवसायीहरूसित पनि सीले भेटघाट गरे। वार्ता शुरू हुनुनुअघि राष्ट्राध्यक्ष सी चिनफिङले पैचिङ जन बृहत् सभा भवन बाहिर चोकमा एउटा स्वागत समारोहको आयोजना गरेर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई स्वागत गरेका छन् ।

