नेकपा (जनपक्ष) विभाजित भयो

 

काठमाडौँ । महेन्द्र मल्ल (रविन्द्र श्रेष्ठ) ले नेतृत्व गरेको नेकपा (जनपक्ष) विभाजित भएको छ। २०८३मङ्सिर २२ मा नेकपा (क्रान्तिकारी केन्द्र), रेडफोर्स नेपाल पार्टी र नेकपा (बोल्सेविक) का बीचमा एकता भई नेकपा (जनपक्ष) गठन गरिएको थियो। उक्त पार्टीमा सम्मिलित रेडफोर्स नेपाल पार्टी नेकपा जनपक्षबाट अलग भई रेडफोर्स नेपाल पार्टी लाई पुनर्स्थापित गरिएको बताइएको छ। पुनर्स्थापित पार्टी रेडफोर्स नेपाल पार्टीका अध्यक्ष मार्सलले २०८३ वैशाख जेष्ठ ३ गते एक वक्तव्य जारी गर्दै रेडफोर्स नेपाल पार्टी पुनर्स्थापित भएको बताएका हुन् ।

वक्तव्यमा मार्सलले पार्टी विभाजित हुनुका कारणहरू पनि उल्लेख गरेका छन्। गत फागुन २१ गतेको संसदीय निर्वाचन बहिष्कार गर्न बनेको छ वामपन्थी दलहरूको मोर्चाबाट नेकपा (जनपक्ष) बाहिरिनुलाई वक्तव्यमा गलत भनिएको छ । संयुक्त मोर्चाको मर्म र भावना विपरीत मोर्चाबाट बाहिरिनुलाई गैरराजनीतिक कार्य बताइएको छ। यति ठूलो विषयमा निर्णय लिँदा आधारभूत विधि समेत नअपनाइएको र त्यसो गर्नमा महेन्द्र मल्लको अहमताले समेत काम गरेको उल्लेख गरिएको छ। 

वक्तव्यमा अगाडि भनिएको छ,“  जेनजी विद्रोहमा सुशासनको शुभेच्छा राखेर सहभागी नव युवा साथीहरू र जनसमुदाय एउटा पक्ष हुन् भने विद्रोहको अदृश्य ताकत भनेको नेपाली सार्वभौम सत्ताको समाप्ति चाहने आधारभूत जनतामाथि शोषण र अत्याचार थोपर्ने अग्रगामी समाज रूपान्तरणको प्रक्रियालाई अवरोध गर्ने देशी विदेशी राष्ट्रद्रोही र जनविरोधी तत्त्वहरूको संयुक्त षड्यन्त्र थियो। आज पनि यसका विरुद्ध सम्पूर्ण देशभक्त तथा अग्रगमनकारीहरूको  साझा मोर्चाको  निर्माण अति जरुरी छ।  ”

वक्तव्यमा बालेन सरकारले  सुकुम्बासीहरूको घर टहरा भत्काउने क्रममा नेपाली सेनाको परिचालन हुनुलाई बालेन सरकार फासीवाद उन्मुख भएको उल्लेख गरिएको छ र सरकारको जनविरोधी कार्यहरूको विरोध गरिएको छ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित