कृष्णप्रशाद पौडेल, भारत, हैदरवाद। पछिल्लो केही समय देखि हैदरावाद लगायत भारतका विभिन्न राज्यहरुमा केही असामाजिक नेपालीहरुले आफूले काम गर्ने ठाउँलाई केन्द्रविन्दु बनाएर बारम्बार चोरी डकैती र हत्या जस्ता जघन्य अपराधमा संलग्न रही करोडौं को धनराशि र आभूषण लिएर फरार भएका घटनाक्रमले हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ। चोरी डकैती र हत्या गर्ने जो कोही भएपनि कानुन ले उचित कार्वाही गर्न र निर्दोष श्रमिक नेपालीहरुलाई नसताउन समेत हामी गम्भिर माग गर्दछौं।
जसको कारण ले आम सर्वसाधारण नेपालीहरु आफ्नो मेहनत र परिश्रमबाट दुई चार पैसा कमाएर आफू बाच्ने र परिवारलाई आवश्यकीय वस्तु परिपुर्ति गर्ने उद्देश्यमा अबरोध पैदा हुने यहाँको वस्तुगत अवस्था सिर्जना भएको छ ।
हाम्रो धारणा सधैभरी मेहनत र परिश्रमको उचित सुविधा लिन वारतलाव र जोडदार मागहरु सहित कानुनी उपचार गर्न समेत पछि नपरर्ने हो तर चोरी डकैती र हत्या जस्ता जघन्य अपराध कहिल्यै पनि नगर भन्ने सन्देश दिदा दिदै पनि केही अबुझ र असँगठित गिरोह संचालित हुन सक्ने अनुमान गरिएको छ। उक्त गिहोरले क्षणिक समयमा अकुत अबैध सम्पत्ति हात पार्ने र फरार हुने उद्देश्य राखेर काम गरेको देखिन्छ। यसरी यहाँ स्थाई र अस्थायीरुपमा बसोवास गरेर आफ्नो जिविकोपार्जन गर्ने लाखौ नेपालीहरुलाई अविश्वासिलो र अपमानजनक जीवन विताउन पनि रोजगारदाता र प्रशासनबाट गाह्रो भएको अवस्था छ।
यसको निराकरणको लागि हरेक नेपाली सचेत र संगठित हुन आजको समयले बताएको छ।
यसै सन्दर्भलाई लिएर यहाँको प्रशासनले नेपाली सामाजिक सँगठनहरुका अगुवा कार्यकर्ताहरु संग परामर्श मागेको हुँदा आम श्रमिक नेपालीहरुलाई फाईदा हुने तरिकाले एउटै आवाज लैजाने उद्देश्यले तेलङगाना नेपाली सभा भन्ने एउटा मञ्च निर्माण गरिएको छ।

