काठमाण्डौ । सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्माले पदभार ग्रहण गर्नुभएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले शर्मालाई प्रधानन्यायधीशको सपथ ग्रहण गराए लगत्तै शर्माले पदभार ग्रहण गर्नुभएको हो । संसदको सार्वजनिक सुनुवाइ समितिबाट सर्वोच्च अदालतको प्रधान्यायधीशमा डा.मनोजकुमार शर्माको नाम सर्वसम्मतले स्वीकृत हुनुभएको थियो ।
संसदको सार्वजनिक सुनुवाइ समितिमा शर्माविरुद्ध १६ वटा उजुरी परेका थिए । उजुरीमाथि छलफल गर्दै शर्मालाई प्रधानन्यायाधीशमा स्वीकृत गर्ने निर्णय गरेको समिति सभापति बोधनारायण श्रेष्ठले जानकारी दिनु भयो । समितिले अनुमोदन गरेसँगै अब राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्त गर्नेछन्। शर्माको नाम सर्वोच्च अदालतको चौथो वरीयतामा थियो । हाल कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल पहिलो वरियतामा , वरिष्ठ न्यायाधीश कुमार रेग्मी दोस्रो र हरिप्रसाद फुयाल तेस्रो वरियता थियो ।
वरीयतालाई मिचेर संवैधानिक परिषदले शर्माको नाम शिफारिस गरेको थियो ।
प्रधानन्यायधीश शर्माद्वारा पदभार ग्रहण
Comments

