‘व्यक्ति र विचार’ पुस्तक माथि परिचर्चा कार्यक्रम सम्पन्न, कम्युनिस्ट आन्दोलनको भविष्यमाथि चिन्तन

काठमाडौँ । रामबहादुर बुढाद्वारा लिखित पुस्तक ‘व्यक्ति र विचार’ माथि परिचर्चा कार्यक्रम सम्पन्न भएको छ। २०८३ श्रावण २३ गते नयाँ बजार स्थित ज्ञानशाला अनुसन्धान केन्द्रको कक्षमा उक्त कार्यक्रम आयोजना गरिएको हो। पुस्तक परिचर्चा कार्यक्रममा कम्युनिस्ट आन्दोलनको भविष्य बारे छलफल गरिएको छ। वक्ताहरूले कम्युनिष्ट आन्दोलन कमजोर बन्दै जानुका पछाडिका कारणहरू खोज्नुपर्ने आवश्यकतामाथि जोड दिएका छन्। उनीहरुले भनेका छन् ,“कमजोरी के छ खोज्नुपर्छ र सच्चाएर अगाडि बढ्नुपर्छ। ”

डा.चुडा ढकाल

त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक डा.चुडा ढकालले पुस्तक महत्त्वपूर्ण अध्ययन सामग्री हुन सक्ने बताउनुभयो। ढकालले पुस्तकमा भएका कमीकमजोरीहरूको बारेमा पनि टिप्पणी गर्दै सल्लाह दिनुभयो। किम इल सुङको जीवनी लेख्दा संयुक्त राष्ट्र संघको छातामुनि अमेरिकन सेनाहरुले उत्तर कोरिया र दक्षिण कोरियालाई विभाजन गरेको विस्तृत विवरण दिँदादिँदै पनि उत्तर कोरिया र दक्षिण कोरिया विभाजित हुनु ठिक थियो वा  थिएन भनेर लेखकको धारणा किन नदिएको ?  डाक्टर ढकालले प्रश्न उठाउनुभयो । नेपाली कम्युनिस्ट आन्दोलनका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ चिनिया कम्युनिस्ट पार्टीको आठौं महाधिवेशनमा चिन जान केन्द्रीय कमिटीमा अल्पमतमा परेका  हुँदा कार्यवाहक महासचिव बन्नसम्म अस्वीकार गरेको कुरा , भियतनामका सर्वहारावादी नेता गरिबी अभावको बीचमा पनि संसारका विभिन्न ठाउँहरूमा भ्रमण गरेको घटना र अनेक दुःख कष्टहरू खेपेको घटना, अन्तर्राष्ट्रिय महिला नेत्री कलारा जेटकिनले आफूले सम्बन्ध विच्छेद गरिसकेको पतिको जेटकिन थरलाई जिन्दगीभरि अपनाइरहेको सन्दर्भ लगायतका विषयहरू आफूलाई निकै नै रोचक प्रसङ्ग लागेको ढकालले कार्यक्रममा सुनाउनुभएको थियो। पुस्तकमा कार्ल मार्क्सको जीवनी लेख्ने सन्दर्भमा लेखिएको निम्न वाक्य “ उत्पादक शक्तिको विकासले निश्चित रुपमा विद्यमान उत्पादन सम्बन्धमा परिवर्तन ल्याउनेछ र समाजवादको युग आउनेछ  ” । हो, यस विषय माथि थप चिन्तन गर्नुपर्ने अध्ययन गर्नुपर्ने डाक्टर चुडा ढकालले विशेष जोड दिनुभयो। ढकालले अन्त्यमा निचोड आउने गरी एउटा थप च्याप्टर लेख्न सुझाउनुभयो।

अर्जुनध्वज अर्याल

त्रिभुवन विश्वविद्यालय अन्तर्गतको विश्वविद्यालय क्याम्पसका उपप्राध्यापक अर्जुनध्वज अर्यालले संसदवादी कम्युनिस्ट र क्रान्तिकारी भन्ने कम्युनिस्ट दुवै खाले कम्युनिस्टहरूको भविष्य संकटमा परेको बताउनुभयो। अर्यालले यो संकट निम्तिनुमा अरु कोही नभइकन मुख्य जिम्मेवार स्वयं कम्युनिस्टका नेताहरु नै हुन् भन्नुभयो।कम्युनिस्ट पार्टीका नेताहरूले आफ्ना छोराछोरीहरू सबैलाई युरोप अमेरिकातिर पठाउने, विदेशतिर पठाउने यहाँ आफ्नो पार्टी सिद्धान्त विचार बोक्ने नयाँ पुस्ताका कार्यकर्ताहरु उत्पादन नगर्ने ,उत्पादन नै नभएपछि कसरी कम्युनिस्ट आन्दोलनको जगेर्ना हुन्छ भनेर  प्रश्न गर्नुभयो। उपप्राध्यापक अर्यालले अध्ययन र लेखनका क्रममा एक पक्ष हुन नहुने उहाँको आग्रह थियो ।

हिरेन्द्र शाही

अनुसन्धानकर्ता हिरेन्द्र शाहीले लेखक विचारको प्रश्नमा अलि बायस भएको हो कि भनेर टिप्पणी गर्नुभयो। एमालेले अङ्गिकार गरेको बहुदलीय जनवादले के नेपाली समाजलाई कुनै पनि योगदान गरेको छैन ? दश वर्षे जनयुद्धले नेपाली समाजमा कुनै योगदान पुर्‍याएको छैन त ? के सबैको नकारात्मक पक्ष मात्रै छन् त ? त्यसैले हरेक चिजलाई नकारात्मक र सकारात्मक ढंगले पनि सोच्नुपर्छ कि  भनेर शाहीले सुझाव दिनुभयो ।

सुवाश जिसी

अनेरास्ववियु(छैठौ) का केन्द्रीय अध्यक्ष सुवाश जिसीले कम्युनिस्ट आन्दोलनमा आएको चुनौतीलाई सामना गर्नका लागि सबै आफूलाई क्रान्तिकारी कम्युनिस्ट र कम्युनिस्ट भन्नेहरूले सोच्नुपर्ने बेला आएको बताउनुभयो । नयाँ नेतृत्व चयनको बारेमा पनि विधि प्रक्रिया कस्तो निर्माण गर्ने भन्ने बारेमा सोच्नुपर्ने छलफल गर्नुपर्ने कुरा कार्यक्रममा जिसीले राख्नुभयो । जर्मनको कम्युनिष्ट पार्टी एमएलपीडीका नेता स्टेफेन एन्जल पछि नयाँ नेतृत्व चयन गर्नका निम्ति उनीहरुले अपनाएको एउटा विधि सुनाउँदै त्यहाँ नेतृत्वमा आउने व्यक्तिले आफुू नेतृत्वमा आए पछि पार्टीका लागि कति आर्थिक योगदान गर्न सक्ने, संगठन निर्माण र परिचालनको योजना के छ – ती सबै योजना पार्टी पंतिमा छलफल चलाएर निर्वाचित हुने विधि अपनाए । त्यस्तै हुनुपर्छ भनेको होइन तर नेतृत्व विकासको विधि विकास गर्नै पर्छ – जिसीको भनाई थियो ।

नरेन्द्र सि

अनेरास्ववियु(समाजवादी)का केन्द्रीय अध्यक्ष नरेन्द्र सिले प्रस्तुत पुस्तकमा एङ्गेल्स, स्टालिन, चे ग्वेभारा, भगत सिंह लगायतका  केही नेताहरूको जीवनी र विचारलाई पनि थप गर्न सुझाव दिनुभयो । संसदीय बाटोका  कम्युनिस्टहरू जनताबाट अस्वीकृत हुँदै गएको र बल प्रयोगबाट सत्ता कब्जा गर्ने नीति अपनाएका कम्युनिस्टहरु पनि क्युबाली क्रान्ति सम्पन्न भएपछि कतै सफल हुन नसकेको, पेरु , नेपाल लगायतका विभिन्न ठाउँमा सफलता प्राप्त गर्न खोजे पनि सफलता प्राप्त हुन नसकेको  – यी घटनाहरुलाई थप अध्ययन गर्दै त्यसको कारणहरू खोज्नुपर्ने आवश्यकतामाथि उहाँले जोड दिनुभयो ।

हयाल तामाङ

वैज्ञानिक समाजवादी विद्यार्थी संगठन नेपालका केन्द्रीय अध्यक्ष हयाल तामाङले विचार र संगठन को क्षेत्रमा सिद्धान्तको विकास गर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो। बदलिएको विज्ञान र प्रविधिको विकास अनुरूपको कार्यदिशा र विचार तथा संगठनात्मक सिद्धान्तको विकास गर्नुपर्ने आवश्यकता छ, त्यसको खडेरी छ त्यसका निम्ति धेरै मेहनत गर्नुपर्ने आवश्यकता रहेको छ : तामाङको कथन थियो ।

रूपा बुढा

अनेरास्ववियु (क्रान्तिकारी)का केन्द्रीय उपाध्यक्ष रूपा बुढाले यस खालका कार्यक्रमहरूले पठन संस्कृति विकासमा टेवा पुर्याउने बताउनुभयो ।रोजा लग्जेम्बरको क्रान्तिकारी विचार र सिद्धान्तको रक्षा र विकासमा विशेष योगदान रहेको, क्लारा जेट्किनको महिला आन्दोलनमा विशेष योगदान रहेको र समाजवादी शिक्षाको जग बसाल्ने कार्यमा महत्वपूर्ण योगदान रहेको बताउँदै बुढाले विगतमा क्रान्तिकारी आन्दोलनमा योगदान जो जसले पुर्‍याउनुभयो त्यसको सम्मान गर्नुपर्दछ, त्यसबाट पाठ सिक्नुपर्दछ र आजको परिस्थितिमा क्रान्तिकारी आन्दोलनमा नयाँ विचारको विकास आवश्यक रहेको छ भन्नुभयो।

प्रतिभा पौडेल

अनेरास्ववियु (क्रान्तिकारी)का केन्द्रीय सचिव प्रतिभा पौडेलले पनि बोल्नुभएको थियो । अहिले युवाहरुका बीचमा गलत विचारको प्रचार भइरहेको बताउँदै पौडेलले गलत विचारले देशलाई गलत भड्कावमा लाने हुँदा सही विचार युवाहरुमा लैजानुपर्ने आवश्यकतामा जोड दिनु भयो ।

सुरुमा लेखक बुढाले पुस्तक प्रकाशनको औचित्यबारे प्रकाश पार्नु भएको थियो । बुढाले पुस्तक प्रकाशनको कम्युनिस्ट आन्दोलन देखिएका फरकफरक विचारहरूलाई प्रकाश पार्नु हो।बुढालेभन्नुभयो , “ संसारमा मानव जातिको इतिहासमा जे जति परिवर्तनहरु भएका छन् त्यसमा विचारपक्ष नै मुख्य रहेको बताउनुभयो। त्यसमा विचारपक्ष नै निर्णायक र महत्वपूर्ण रहेको उहाँले बताउनुभयो १९७९ को फ्रेन्च क्रान्ति होस् वा १९१७ को अक्टोबर क्रान्ति होस् ती सबै क्रान्तिहरू सबै क्रान्तिहरूमा विचारलेकै योगदान रहेको छ। आजको युगमा मानिसले खान पाए खान पाए लाउन पाए र मनोरञ्जन गर्न पाए पुग्छ, विचारको कुनै महत्व छैन भन्ने ट्रेनको विकास भइरहेको छ। यसले समाजलाई विघटनको दिशामा लैजान्छ त्यसकारणले  मानव समाजलाई  प्रगतिशील दिशामा लैजानका लागि  सही विचारको आवश्यकता छ ” पुस्ताका युवाहरूमा अध्ययन को आवश्यकता अध्ययनको महत्व अध्ययन नयाँ युवा पुस्तामा अध्ययनका लागि अध्ययनका लागि

भोला ढकाल

नवीन खड्का

दिनेश जोशी

कार्यक्रमको अध्यक्षता ज्ञानशाला अनुसन्धान केन्द्रका अध्यक्ष भोला ढकाल, सञ्चालन अनेरास्ववियु (क्रान्तिकारी) का महासचिव नवीन खड्का र स्वागत अनेरास्ववियु (क्रान्तिकारी)का केन्द्रीय सचिवालय सदस्य दिनेश जोशीले गर्नु भएको थियो । कार्यक्रममा शहिदहरु प्रति एक मिनेट मौन धारण गरिएको थियो । कार्यक्रममा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका पि.बि.एम. जितामित्र सुनार, लेखक तथा साहित्यकार अग्निधर चन्द बोहोरा , हाँक टुडेका सम्पादक मनु वि.क., हाँक साप्ताहिकका व्यवस्थापक टेकहरी न्यौपाने, फोटो पत्रकार जय दाहाल लगायतलाई आसन ग्रहण गराइएको थियो ।

 

ज्ञानशाला अनुसन्धान केन्द्रका हालसम्मका प्रमुख गतिविधिहरू

ज्ञानशाला अनुसन्धान केन्द्रले स्थापना कालदेखि नै भाषा, साहित्य, दर्शन, राजनीति, शिक्षा, समाज, वातावरण तथा समसामयिक राष्ट्रिय विषयहरूमा बहस, छलफल, अन्तरक्रिया, पुस्तक विमोचन, पुस्तक समीक्षा, प्रतियोगिता तथा सामाजिक सेवामूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। संस्थाले अध्ययन, अनुसन्धान र सामाजिक चेतनाको विकासलाई आफ्नो मूल उद्देश्यका रूपमा अघि बढाउँदै विविध सिर्जनात्मक गतिविधिहरू निरन्तर सञ्चालन गरिरहेको छ।

– २०८० असोज ७ गते “ मार्क्सवाद र जीवन दर्शन ” विषयमा राम कार्कीको प्रमुख वक्तृत्व तथा “ नयाँ पुस्ता र देशको भविष्य  ” विषयमा मोहन विक्रम सिंहको विशेष प्रवचन सम्पन्न गरिएको थियो।

– २०८० असोज २३ गते समाजमा विद्यमान कुरीति, अन्धविश्वास तथा सबै प्रकारका विभेदविरुद्ध सामाजिक अभियन्ताहरूसँग अन्तरक्रिया कार्यक्रम आयोजना गरियो।

– २०८० कार्तिक १५ गते “ ऐतिहासिक भौतिकवादी दृष्टिमा नेपाली चाडपर्व ”  विषयमा खगेन्द्र प्रसाईंको प्रमुख वक्तृत्व सम्पन्न भयो।

–२०८० कार्तिक १८ गते चूडा ढकाल र ईश्वरी ढकालद्वारा लिखित  Visitors View of Nepal  पुस्तकको विमोचन कार्यक्रम आयोजना गरियो, जसको प्रमुख अतिथि लेखनाथ न्यौपाने हुनुहुन्थ्यो।

–२०८० मंसिर २३ गते बृहत् रक्तदान कार्यक्रम सम्पन्न गरी संस्थाले आफ्नो सामाजिक उत्तरदायित्वसमेत निर्वाह गरेको थियो।

– राम कार्कीद्वारा लिखित “ विकल्प  ” पुस्तकमाथि परिचर्चा कार्यक्रम सम्पन्न गरियो, जसमा परि थापा प्रमुख वक्ताका रूपमा सहभागी हुनुभयो।

– “ कमरेड पुष्पलालको राजनीतिक योगदान  ” विषयक परिचर्चामा मोहन वैद्य प्रमुख वक्ताका रूपमा सहभागी हुनुभयो।

– २०८१ फागुन १९ गते केशव नेपालद्वारा लिखित “ आमालाई चिठी  ”पुस्तकको समीक्षा कार्यक्रम सम्पन्न गरियो, जसमा कौशिला रिसाल प्रमुख समीक्षक रहनुभयो।

– २०८२ भदौ ११ गते कमरेड नवराज पुडासैनीद्वारा लिखित “ घर्षमा सिरानचोक“ ”पुस्तकको विमोचन सम्पन्न भयो। उक्त पुस्तकको प्रकाशनसमेत ज्ञानशाला अनुसन्धान केन्द्रले गरेको हो। कार्यक्रमका प्रमुख अतिथि पुष्पकमल दाहाल ‘प्रचण्ड’ हुनुहुन्थ्यो।

– २०८२ मंसिर २७ गते जिल्ला स्तरीय माध्यमिक विद्यालय तहको निबन्ध लेखन प्रतियोगिता सम्पन्न गरियो।

– २०८२ पुस २७ गते “ बालसाहित्यमा शिक्षकको भूमिका ” विषयक अन्तरक्रिया कार्यक्रम आयोजना गरियो, जसमा भूपाल राई प्रमुख वक्ता तथा डा. चूडा ढकाल र अनन्त वाग्ले कार्यपत्र प्रस्तुतकर्ता हुनुहुन्थ्यो।

– २०८३ जेठ ९ गते जैविक विविधता विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरियो, जसमा कृष्ण भुसालले कार्यपत्र प्रस्तुत गर्नुभयो।

–२०८३ जेठ २२, विश्व वातावरण दिवसको अवसरमा काठमाडौंमा माध्यमिक विद्यालयस्तरीय निबन्ध लेखन प्रतियोगिता आयोजना गरियो, जसको प्रमुख अतिथि ललिता गुरुङ हुनुहुन्थ्यो। 000

 

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित