काठमाण्डौ । हाँक साप्ताहिकका सम्पादक शहीद सरोज शर्माको ४१ औं स्मृति दिवश कार्यक्रम हाँक साप्ताहिकको कार्यालय बागबजारमा सम्पन्न भएको छ । हाँक साप्ताहिकका व्यवस्थापक टेकहरी न्यौपानेको अध्यक्षता र कार्यकारी सम्पादक रामबहादुर बुढाको सन्चालनमा अगाडि बढेको कार्यक्रममा अथितिहरु क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका स्थायी समिति सदस्य सन्तबहादुर नेपाली , इन्द्रमोहन सिग्देल, पोलिटव्यूरो सदस्य तथा पूर्व अध्यक्ष गंगा पौडेल, हाँक टुडेका अध्यक्ष चिन्तामणि शर्मा, बजार व्यवस्थापक सागर भण्डारी, क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका ५ नं व्यूरो सचिव जितामित्र सुनार हाँक टुडेका सम्पादक मनु वि.क. रहनु भएको थियो । कार्यक्रममा अतिथिहरुले शहीद सरोज शर्मा प्रति श्रद्धाञ्जली अर्पण गर्दै २०८३ भाद्र १० गते रसुवामा आएको भयानक बाढीको कारण मृत्यु हुन पुगेकाहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुका साथै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना,उद्धार तथा राहतको व्यवस्था गर्न माग गर्नुभयो । कार्यक्रममा सन्तबहादुर नेपालीले सरोज शर्माले देखाएको बाटोमा अगाडि बढ्न सबैमा अनुरोध गर्नु भयो । उहाँले सरोज शर्माको साधारण जीवनशैली ,पार्टीप्रतिबद्ध अनुशासित तथा अत्यन्त मिहेनेती रहेको बताउन स्मरण गर्नु भयो । उहाँ वैचारिक काममा निरन्तर लाग्दालाग्दै हत्या भारतमा हत्या हुन पुगेको स्मरण गर्नु भयो । उहाँको हत्या भएको समाचार नवभारत टाइम्समा छापिएपछि मात्रै हत्या भएको थाहा पाइएको बताउँदै उहाले पञ्चायतका गुण्डाहरुले योजनाबद्ध रुपमा हत्या गरेको उल्लेख गर्नु भयो । उहाँले सरोज शर्माको हत्याले कम्युनिष्ट आन्दोलनमा निकै ठूलो क्षति पुगेको बताउनु भयो । इन्द्रमोहन सिग्देलले आफुले शहिद सरोज शर्माको बारेमा आफुले यो भन्दा अगाडि जानकारी नभए पनि यो कार्यक्रममा आइसकेपछि हाँक विशेषाङकको सरोज शर्माबारेको लेख पढेपछि मात्रै उहाँको बारेमा जानकारी पाएको बताउँदै उहाँ एक वैचारिक नेता हुनुहुँदो रहेछ भन्ने बुझेको बताउनु भयो । उहाँले नेपाली कम्युनिष्ट आन्दोलनमा युवा अवस्थामा कम्युनिष्ट रहने तर उमेर बढ्दै जाँदा भने कम्युनिष्ट छोड्ने चलन रहेको तर सरोज शर्मा भने युवा अवस्थामा नेपाली कांग्रेसमा रहेको र पछि जनवादी मोर्चामा प्रवेश गरेको तर पछि नेपाली कम्युनिष्ट पार्टी मसालमा प्रवेश गरेकोले उहाँ पक्का परिवर्तनको पक्षधर रहेको बताउनु भयो ।
गंगा पौडेलले हाँक साप्ताहिक अहिलेसम्म ल्याउनुमा धेरैको निस्वार्थ सेवाभावको साथ काम गर्ने शैलीले मात्रै सफल भएको बताउँदै यो पत्रिका संचालन गर्न सबैको पसिना बगेको बताउनु भयो । उहाँले यो पत्रिका क्रान्तिकारी आन्दोलनलाई अगाडि बढाउने अस्त्र समेत भएकोले यसलाई निरन्तरता दिन सबैले ध्यान दिनु पर्ने बताउनु भयो । चिन्तामणि शर्माले हाँकलाई अझै व्यवस्थित गरेर अगाडि बढाउनु पर्ने धारणा राख्नु भयो । जितामित्र सुनारले हाँक सूचनाको महत्वपूर्ण स्रोत भएको बताउँदै सरोज शर्माको बारेमा आफुले बाल्यकालमा नै आफ्नो बुवाबाट सुनेको बताउनु भयो र नेपाली एकताले आफ्नो विचार निर्माण गर्नमा निकै सहयोगी रहेको बताउनु भयो । विचार निर्माणमा पत्रिकाको निकै महत्व रहेको भन्दै यो पत्रिकालाई कसरी बचाउने भन्ने चिन्ता रहेको बताउनु भयो । कार्यक्रमका अध्यक्ष टेकहरी न्यौपानेले शहीद सरोज पत्रिकालाई जुनसुकै अवस्थामा पनि बचाएर लैजानुपर्ने धारणा राख्नुभयो ।
शहीद सरोज शर्माको ४१औ स्मृति दिवश कार्यक्रम सम्पन्न
Comments

