मुस्ताङ्गमा रहेको युरेनियम सिलिका प्याक अन्तरगत अमेरिका र सम्बद्ध देशहरुलाई सुम्पेको भन्ने समाचार स्पष्ट गर्न माग

काठमाडौं । केन्द्रीय संयुक्त संघर्ष समिति, नेपालले वर्तमान बालैन्द्र सरकारले मुस्ताङ्गमा रहेको युरेनियम सिलिका प्याक अन्तरगत अमेरिका र सम्बद्ध देशहरुलाई सुम्पेको भन्ने समाचार स्पष्ट गर्न माग गरेको छ । २०८३ आस्विन १०गते बसेको केन्द्रीय संयुक्त संघर्ष समिति, नेपालको बैठकले सो माग गरेको हो । केन्द्रीय संयुक्त संघर्ष समितिका
संयोजक ऋषिराम कट्टेलले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ –

“२०८३ आस्विन ८गते नेपाल कम्युनिष्ट पार्टी,नेपाल कम्युनिष्ट पार्टी (वहुमत), क्रान्तिकारी कम्युनिष्ट
पार्टी,नेपाल र वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी,नेपाल सम्मिलित केन्द्रीय संयुक्त संघर्ष समिति
नेपालको १३औ वैठक समितिका संयोजक नेपाल कम्युनिष्ट पार्टी का अध्यक्ष क.ऋषिराम कट्टेलको
अध्यक्षतामा मैत्री नगर किर्तिपुरमा बस्यो । वैठकले गरेका निर्णयहरु यो प्रेस विज्ञप्ति मार्फत सार्वजनिक
गरिएको छ ।

(१) वैठकले संसदवादीहरु बिच चलिरहेको शत्रुतापूर्ण अन्तरविरोध,२४ भाद्र पछी बनेको असंवैधानिक
सरकार र त्यसले गराएको असंवैधानिक निर्वाचनले गराएको संवैधानिक रिक्तता , निर्वाचनको नाममा
वनेको सेना नियन्त्रित सरकार,नेपालको आन्तरिक मामिलामा वाह्य शक्तिकेन्द्रहरुवाट भइरहेको
हस्तक्षेप र उनीहरु बिच चलिरहेको द्वन्द,कम्युनिष्ट आन्दोलन भित्र भइरहेको फुट र एकताका प्रयत्नहरु
र जनआन्दोलनको अवस्था लगायतका विषयहरुमा विश्लेषण ग¥यो । देशमा घटिरहेका यि राजनीतिक
घटनाहरुलाई हेर्दा यो व्यवस्था पूर्ण रुपमा असफल भएकोछ देश निकास विहीन नया द्वन्दमा जाने
अवस्थामा पुगेकोछ । स्वाधिनता,जनतन्त्र र जनजीवनको रक्षागर्न जनसंघर्ष अनिवार्य वनेकोछ ।
असंवैधानिक संसदको विघटन,राजनीतिक गोलमेच, स्वाधिन राष्ट्रिय जनसरकार र जन संविधानको
निम्ति सवै क्रान्तिकारी , देशभक्त तथा जनतान्त्रिक शक्तिहरुलाई संयुक्त जनसंघर्षमा आउन वैठकले
आह्वान गरेकोछ ।

२) हालै भोटेकोशीमा आएको अकल्पनीय हिमाली प्रकोपले ठूलो मात्रामा धनजनको क्षति पु¥याएको
मात्र छैन यस क्षेत्रको सभ्यता नै ध्वस्त गराएको छ । यस प्रकोपमा परि मृत्युभएका सवै प्रति संयुक्त
संघर्षको समितिको यो वैठक श्रद्धाञ्जली अर्पण गर्दछ । घाइतेहरुको शीघ्र स्वास्थलाभको कामनागर्दछ
। शोक सन्तप्त परिवारजनहरु प्रति समवेदना व्यक्त गर्दछ ।

कथित एकद्वार प्रणाली,प्रकोपको स्तर मापन र सोअनुसारको उद्धार नीतिको अभाव जस्ता
कुराहरुमा देखिएको सरकारको अकर्मण्यताले धेरै नागरिकको अनाहकमा ज्यान गएको छ । यसप्रति
गम्भिर हुदै उद्धार र पुनस्थापनाको ठोस योजनासाथ अघि वढन सरकार समक्ष जोडदार माग गर्दछ
। यो प्राकृतिक विपत्तिसंग जुध्दै अघि वढ्नुको विकल्प छैन । सिङ्गो देश तपाइहरुको साथमा रहेकाले धैर्य
र साहसका साथ पुनस्र्थापित हुन विपतमा परेका जनजनसमुलाई अपील गर्दछ ।

३) नेपालले पनि धेरै ठाउँमा भारतको जग्गा मिचेकोछ भन्ने जस्ता अभिव्यक्ति दिएर नेपाललाई
अतिक्रमणकारी देशको रुपमा चित्रित गर्ने प्रधानमन्त्री को देश विरोधी अभिव्यक्ति प्रति यो वैठक
भत्र्सना र विरोध गर्दछ । कठपुतलि सरकार र बढदो विदेशी हस्तक्षेपका कारण देशको स्वधिनता
माथि खतरा बढदो छ । सवै देशभक्त नेपाली लाई यसप्रति सतर्क हुन यो वैठक आग्रह गर्दछ ।

(४) यो सरकारको गठन संगै महङ्गी मुल्य बृद्धिले जनजीवन आक्रान्त वनेकोछ । ग्यास नपाएर
जनताको चुलो वल्नै छोडेकोछ । सरकार भने कथित सुशानको खोल ओडेर आतंक मच्चाइरहेकोछ ।
सुकुम्वासी वस्तिमा डोजर चलाउने,आश्रय लिएका ठाँउहरुवाट समेत लखटने जस्ता अमानवीय हर्कत
गरिरहेछ । कथित संसदीय प्रतिपक्ष रुझेको विरालो जस्तो भएर झोक्राएर वसेकोछ । सडक संघर्षवाट
यस्को प्रतिरोध गर्नुको विकल्प नरहेको समेत वैठकले निस्कर्ष निकालेको छ ।

५) संचार माध्यममा मुस्ताङ्गमा रहेको युरेनियम सिलिका प्याक अन्तरगत अमेरिका र सम्बद्ध
देशहरुलाई सुम्पेको भन्ने आम चर्चाछ । भू राजनीतिक सम्वेदनशीलताले समेत यो विषय अत्यन्त
गम्भीर छ । यस वारे के भएको हो सत्य तथ्य सार्वजनिक गर्न यो वैठक सरकार संग माग गर्दछ । ”

 

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित