कविताः देशको मुहार फेर्न स्वदेश फर्कौ

गणश वि.क.

उठिदेउ वीर नेपाली उर्लिदै गडगडाउँदै

दीनता हिनता सारा बगाउदै सग्बगाउदै

विचार बोकेर अघि बढाउ बढिदेउ

नयाँआँट नयाँ विचार नयाँ जोस सजाईदेउ ।

तिम्रै विचारले उत्साह खोजेको छ हाम्रो क्रान्तिकारी नेपालले

तिम्रैे निर्माण उद्योग पर्खेकोछ मधेशले

तिम्रै जीवन्त इच्छामा पहाड चम्म काउँछन्

मेची– महाकाली तिम्रै आसामा बोलि रहेकाछन् ।

के गर्छौ तर्कहरु धेरै बोकेका छन् हुदैछ के

बोल्छौ नौउनारा लगाई हामीले व्यवहार हुदैन कहिल्यै

लडेका छौं हामी राष्ट्र र राष्ट्रियताको लागि

चलिरहेको छ नेपालमा क्रान्ति युद्ध आजादी ।

सुनिदेउ नेपालमा चर्को युद्धबाजा बजिसक्यो

राष्ट्र निर्माणमा नौलो क्रान्तिकारी चलिसक्यो

घोरिन्छौ किन उठ जाउm तिमीलाई केही र्गनुछ

देश बचाउन देश जोगाउन अवश्य लडाई र्गनुछ ।

भारतमा छरिएर बसेका छौं शोषित पीडित नेपालीहरु

काधमा उठाई हिडिरहेका छौं एकताको झण्डाहरु

देशकोलागि लड्दै भिड्दै जुटिरहेका प्रवासी नेपालीहरु

देशको मुहार फेर्न तुरुन्तै स्वदेश फर्कौ नेपालीहरु ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित