कृष्णभक्त महर्जन
निर्यात्री खोपडी
निर्जिव तत्व जस्तो देखिने
जिउदोपनमा प्राण रहित
अहम भुमिका खेल्न सक्ने
बृहत् जिवनमा
वृहत चित्रणलको
जलकुण्डिय मैनवत्ती हो
निर्यात्री खोपडी
एक्लो यायवर जस्तै
प्रदिप्त उज्यालो छाउन
एकरुपि बासुरी धुनहरु
दिन भरी बजाउने
रात भरी सुनाउने
अँध्यारो कि उज्याली हो
निर्यात्री खोपडी
सर्वश्रेष्ठ सौभाग्यमा
त्रिवताले सिँगार पटार्ने
जीवन र जीवनहरुमा
हावाको झोक सरह
हिमचुलीमा काचुली फेर्ने
जिउदो लास हो
निर्यात्री खोपडी
जीवनको अनुकरणले
छ्यास्नासम्म छ्यास्ने
शान्ती मै बाच्न
शान्तिमा रमाउन
बाठाले भन्दा लाटाले
इतिहास बनाउन दिन्छ
निर्यात्री खोपडि ।
Comments

