काठमाडौ। क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका बैकल्पिक केन्द्रीय सदस्य लालध्वज पुनको निधन भएको छ । । भाद्र २१ गते विहान दाङ,घोराहीमा उहाँको निधन भएको हो ।
अखिल नेपाल मगर राष्ट्रिय मुक्ति मोर्चाका केन्द्रीय अध्यक्ष भरत बुर्जा मगरले सामाजिक सजालमार्फत श्रद्धाञ्जली व्यक्त गर्दै भन्नुभएको छ – “हाम्रो गौरवशाली पार्टी क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको बैकल्पिक केन्द्रीय सदस्य तथा अखिल नेपाल मगर राष्ट्रिय मुक्ति मोर्चाको केन्द्रीय सचिवालय सदस्य भक्तपुर क्यान्सर अष्पतालमा उपचार गराउनुभएको थियो । दाङ घोराही निबासी कमरेड लालध्वज पुनको असमायिक निधन भएको खबरले म आफू लगायत सिङ्गो अखिल नेपाल मगर राष्ट्रिय मुक्ति मोर्चा स्तब्ध भै कमरेड लालध्वज पुन प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै संपूर्ण आफन्त जनमा हार्दिक समवेदना ब्यक्त गर्दछु ।”
क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका ४ नम्बर ब्युरो इञ्चार्ज समिरले पनि सामाजिक सजालमार्फत श्रद्धाञ्जली व्यक्त गर्दै भन्नुभएको छ , “दाङ घोराही निबासी हाम्रो पार्टीका बैकल्पिक केन्द्रिय सदस्य तथा ४नम्बर क्षत्रिय ब्युरो सदस्य लालध्वज पुन (का.किरण ) को निधनको खबरले स्तब्ध तुल्यायो । यश दुखको घडीमा कमरेड लालध्वज प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्द्छु साथै शोकसन्तप्त परिवारजनमा गहिरो समबेदना प्रकट गर्द्छु ।”

