काठमाडौं । पुनर्गठित भारतीय कम्युनिस्ट पार्टी माले (लिबरेशन) का संस्थापक नेता संगठन विभाग प्रमुख स्वदेश भट्टाचार्यको निधन भएको छ । नोभेम्बर २ का दिन भारतीय वामपन्थीहरुले शोकविह्वल साथ उनको अन्तिम बिदाइ गरेका छन्। भट्टाचार्य चारु मजुमदारका साथी थिए । ।चारुको देहावसानपछि पार्टीका सबैजसो नेताहरू गिरफ्तारीमा पर्दा पार्टीलाई जीवित पार्ने तीन नेताहरू जौहर (सुव्रत दत्त), विनोद मिश्र र स्वयं स्वदेश थिए ।हाल उनको नाम शम्भु थियो।कामरेड रघुको नामबाट नेपालको कम्युनिस्ट आन्दोलनसँग पनि उनी सम्बन्धित थिए । विगतमा नेपालका क्रान्तिकारी कम्युनिस्ट समूहसँग उनको घनिष्ठ सम्बन्ध थियो।
भारतीय कम्युनिस्ट पार्टी माले (लिबरेशन) को शोक वक्तव्य:
“हामी भारतीय कम्युनिस्ट पार्टी माले (लिबरेशन) का पोलिट ब्युरो सदस्य तथा संस्थापक नेताहरूमध्ये एक, कमरेड स्वदेश भट्टाचार्य ‘शम्भुजी’ (७/०३/१९४२ – ३०/१०/२०२६) को निधनप्रति गहिरो शोक व्यक्त गर्दछौं। उहाँको आज साँझ पटनास्थित एक अस्पतालमा निधन भएको हो। उहाँ क्यान्सरको उपचार गराइरहनुभएको थियो।
कमरेड स्वदेश भट्टाचार्य सन् १९७४ को जुलाईमा पुनर्गठित सीपीआई (एमएल) लिबरेसनको केन्द्रीय समितिका जीवित अन्तिम सदस्य हुनुहुन्थ्यो। पाँच दशक लामो राजनीतिक संघर्ष, संगठनात्मक चुनौतीहरू र क्रान्तिकारी आन्दोलन निर्माणको यात्रामा उहाँले पार्टीलाई अघि बढाउन एक आधारस्तम्भका रूपमा निर्णायक भूमिका निर्वाह गर्नुभएको थियो।
उहाँको निधन पार्टी र क्रान्तिकारी आन्दोलनका लागि एक अपूरणीय क्षति हो। पार्टी कमरेड स्वदेश भट्टाचार्यप्रति सम्मान व्यक्त गर्दै आफ्नो रातो झन्डा झुकाउँछ र उहाँका अधुरा कार्यभारहरूलाई पूर्ण समर्पण र ऊर्जाका साथ अघि बढाउने प्रतिबद्धता व्यक्त गर्दछ।
उहाँको अन्त्येष्टि आगामी नोभेम्बर २ तारिखका दिन पटनामा गरिनेछ।
कमरेड स्वदेश भट्टाचार्यप्रति लाल सलाम ! “

