गण्डकी प्रदेशका पुराना वामपन्थीहरुको काठमाण्डौमा पुनर्मिलन कार्यक्रम

काठमाडौ । गण्डकी प्रदेशका पुराना वामपन्थीहरुको काठमाण्डौमा पुनर्मिलन कार्यक्रम सम्पन्न भएको छ । २०८३ कार्तिक १५ पुराना वामपन्थीहरुको एउटा भेला वाल्मिकी क्याम्पस काठमाण्डौमा सम्पन्न भयो । तनहुँका पुराना कम्युनिष्ट नेता विश्ववन्धु भण्डारीले यसको अयोजना र संयोजन गर्नुभएको थियो । यसमा गण्डकी अञ्चलमा कम्युनिष्ट आन्दोलनलाई अघि बढाउन नेतृत्व गरेका पुराना नेता वाचस्पति देवकोटा र चुवा काण्डका नेता हाल कम्युनिष्ट आन्दोलन छाडेका एमएस थापा मगर, चुवा काण्डकै सहभागि तथा दमौली जेल ब्रेकका एकजना नेता खड्गबहादुर गुरुङ, ०३६ को विद्यार्थी आन्दोलनका नेता शरणविक्रम मल्ल , मोहन बहादुर केसी, ख्याम नारायण ढुंगाना, राम बहादुर भण्डारी, गोपीरमण उपाध्याय, देवबहादुर पौडेल, देवीप्रसाद सुवेदी, भोजराज ओझा, ठाकुर शर्मा, रवि खनाल, अम्बिकाप्रसाद थैव, डिवि कार्की, पवित्रा थैव, सोमनाथ घिमिरे, ज्ञानप्रसाद भट्टराई, इश्वरी न्यौपाने, शान्ति खनाल, नेकपाका नेता ऋषि कटेल, तारापति सुवेदी लगायत ३० जना को सहभागिता थियो । कृष्ण आचार्य आँखाको अपरेशन गरेकाले अनुपस्थित हुनुभयो । एक दुइजना कम्युनिष्ट आन्दोलनका प्रति निराश तर धेरै आशावादी हुनुहुन्थ्यो ।ठिक दुइवर्षपहिले पोखरामा गण्डकी प्रदेशस्तरीय ज्येष्ठ वामपन्थी भेला आयोजना गरिएको थियो । यस्ता कार्यक्रमहरु आयोजना बाट पुरानाले नयाँ पुस्तामा आफ्ना अनभुव र ज्ञान हस्तान्तरण बाट हुन्छ ।
समाचार स्रोत : झलक सुवेदीको फेस बुक वाल
Comments
- Advertisement -

समाचार सँग सम्वन्धित