जलवायु न्याय कोषबाट नेपाललाई २० मिलियन अमेरिकी डलर प्राप्त हुँदै

काठमाण्डौ । जलवायु परिवर्तनका कारण भोटेकोशी–त्रिशूली नदीमा गत १० भदौमा आएको विनाशकारी बाढीबाट प्रभावित नेपाललाई हानिनोक्सानी कोष (फन्ड फर रेस्पोन्डिङ टु लस एन्ड ड्यामेज–एफआरएलडी)बाट २० मिलियन अमेरिकी डलर अनुदान उपलब्ध गराउने निर्णय गरेको कृषि, वन तथा पर्यावरण मन्त्रालयले जनाएको छ । मन्त्रालयले कार्तिक ५ गते सूचना प्रकाशित गर्दै बोर्डले सो रकम नेपाललाई दिन निर्णय गरेको बताएको छ ।

यो रकम नेपाली रुपैयाँमा करिब दुई अर्ब ८० करोड रुपैयाँबराबर हुन्छ। २०८३ भदौ १० मा भोटेकोशी र त्रिशूली नदीमा आएको बाढी तथा पहिरोबाट ठुलो जनधनको क्षति भएको थियो। विवरणअनुसार करिब एक हजार पाँच सयजनाले ज्यान गुमाएका छन् भने पाँच हजारभन्दा बढी व्यक्ति अझै बेपत्ता छन्। विपतबाट १५ हजारभन्दा बढी परिवार प्रत्यक्ष प्रभावित भएको मन्त्रालयले जनाएको छ। बाढीबाट प्रभावित परिवार तथा समुदायलाई तत्काल राहत उपलब्ध गराउन, पुनर्स्थापना गर्न र क्षतिग्रस्त संरचनाको पुनर्निर्माण गर्न अनुदान रकम उपयोग गरिने अपेक्षा गरिएको छ। मन्त्रालयका अनुसार नेपाल सरकारले गत अगस्ट ३१ मा हानिनोक्सानी कोषसमक्ष सहयोग उपलब्ध गराउन औपचारिक अनुरोध गरेको थियो। बोर्डले अनुदान परिचालनकोलागि प्रस्ताव पेश गर्नसमेत नेपाल सरकारसँग अनुरोध गरेको मन्त्रालयले जनाएको छ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित