काठमाण्डौ । सर्वोच्च अदालतले संविधान र कानुनको शासनप्रति गम्भीर हुन सबैमा आग्रह गरेको छ । सर्वोच्चका न्यायधीशलाई जोडेर प्रकाशित भएका समाचारहरुका विषयमा सर्वोच्चको पूर्ण बैठकले गरेका निर्णयहरु सार्वजनिक गर्दै अदालतले सो आग्रह गरेको हो ।
हालै प्रकाशित समाचारहरुले सर्वोच्चको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै सर्वोच्च प्रवक्ता तथा सह रजिस्टार डा.अशोक कुमार क्षेत्रीले २०८३ कार्तिक १६ गते जारी प्रेस विज्ञप्ति जारी गर्दै सो कुरा बताउनु भएको हो ।
विज्ञप्तिमा सार्वजनिक रुपमा प्रकाशित र प्रसारित विषयका सम्बन्धमाा विना पूर्वाग्रह ,निष्पक्ष एवम् स्वतन्त्र ढंगबाट संविधान र कानुन बमोजिम छानविन गरी सत्य तथ्य सहितको निश्कर्ष यथाशीघ्र सार्वजनिक गर्न सर्वोच्चले सम्बनिधत निकायसँग आग्रह गरेको छ ।
सर्वोच्च अदालतले कानुन बमोजिम निर्वाह गर्नु पर्ने जवाफदेहीता एवम् सहयोग गर्ने कुरा समेत विज्ञप्तिमा प्रतिबद्धता जनाएको छ । सर्वोच्चले छानविनको निश्कर्ष प्राप्त नहुँदै कसैलाई लान्छित गर्ने वा न्याय सम्पादन कार्यमा अवरोध पुग्नेगरी कुनै पनि समाचार प्रकाशन तथा प्रसारण नगर्न समेत विज्ञप्तिमा अनुरोध गरिएको छ ।
संविधान र कानुनको शासनप्रति गम्भीर हुन सर्वोच्चको आग्रह
Comments

