चेन्नई पश्चिम र दक्षिणले मनायो ४८ औ स्थापना दिवस 

 

चेन्नई,भारत – अखिल भारत नेपाली एकता समाज चेन्नईको पश्चिम र दक्षिण नगर समितिको संयुक्त तत्वावधनमा समाजको ४८ औ स्थापना दिवस कार्यक्रम दिनांक ७ नोभेम्बर २०२६ का दिन चेन्नईमा सम्पन्न भएको छ। उक्त कार्यक्रमको संचालन देवी रिजालले गर्नु भयो भने अध्यक्षता प्रेमसागर सुवेदीले गर्नु भयो, अतिथिको आशन ग्रहण पछि सहिदहरूको सम्झनामा एक मिनेट मौनधारण गरिएको थियो। उपस्थित जनमानसलाइ प्रेम गोतामेले स्वागत गर्नु भयो। ४८ औ स्थापना दिवसको औचित्य बारे अखिल भारत नेपाली एकता समाजका महासचिव महेन्द्र बस्याले प्रकास पार्नु भएको थियो। कार्यक्रम सफलताको शुभकामना दिनेहरूमा केन्द्रीय सदस्य तथा दक्षिण भारत क्षेत्रीय समिति अध्यक्ष हेमराज रिजाल, केंद्रीय सदस्य तथा महिला विभाग ईन्चार्ज दुर्गा सुवेदी, केन्द्रीय सदस्य सुनिता बस्याल, केन्द्रीय सदस्य सिता बि क, क्षेत्रीय सदस्य सिता थापा, नगर सदस्य मैना अधिकारी र शान्ता रसाइली रहनु भएको थियो।
Comments
- Advertisement -

समाचार सँग सम्वन्धित