भारत । अखिल भारत नेपाली एकता समाज चेन्नई पूर्व पश्चिम उत्तर दक्षिण नगरको संयुक्त तत्वावधनमा देउसी भैलो कार्यक्रम दिनांक ८ नोभेमबर २०२६ का दिन चेन्नैको किल्पाकमा अबस्थित धर्मप्रकास हलमा सयौ जनसहभागीतामा सम्पन्न भएको छ। उक्त प्रगतिशील देसी भैलो कार्यक्रमको अध्यक्षता चेन्नै पश्चिम नगर समितिका अध्यक्ष राजु अधिकारीले गर्नु भयो। अतिथिको आशन ग्रहण पछि सहिदहरूको सम्झनामा १ मिनेट मौनधारण गरिएको थियो। उपस्थित जनमानसलाइ सारगर्भित शब्दबाट दक्षिण नगर अध्यक्ष भुवन सुवेदीले र संगितबाट रक्तिमका कलाकारले सुमधुर स्वरमा गीतबाट स्वागत गरेका थिए। प्रमुख अतिथि अखिल भारत नेपाली एकता समाजका केन्द्रीय महासचिव महेन्द्र बस्याल दिप प्रजोलन गरेर तालिको गड़गड़ाहटमा देउसी भैलो कार्यक्रमको उद्घाटन गर्नु भएको थियो। प्रमुख अतिथिले अखिल भारत नेपाली एकता समाज भारत स्थित नेपालीहरूको हक अधिकार र सुरक्षाको प्रत्याभूत गर्ने एक प्रगतिशील एवं अभिभावकीय संगठन हो। र यसले विद्यमान समाजका चलन चल्तीमा रहेका विकृति र विसंगतिलाइ प्रसय दिने नीति नियम कानून र पुराना रूढ़िवादी तथा अन्धविश्वासी रितिरीवाजलाइ बदलेर त्यसको ठाउमा प्रगतिशील र ब्यवहारीक नियम बनाउन चाहन्छ। जस्तै तीज विजयदशमी र दिपावली लाइ नेपाली कला संस्कृतिको जगेर्ना गर्नको लागि पनि प्रगतिशील ढंगबाट मनाउन कोशीस गर्दै आएका छौ भन्नु भयो। यसै क्रमा मूल प्रवाहले नीति र कार्यक्रमलाइ जनमुखी जनहितकारी नभएको ठहर गरी चेन्नई पूर्व नगर सदस्य सुनील नेपाली, सुनील सम्झना र युक्त बहादुर नेपाली अखिल भारत नेपाली एकता समाजमा प्रवेश गर्नु भयो। वहाँहरू तीनै महासचिवले जनालाइ सदस्यता वितरण र माल्यार्पण गरी संगठन प्रवेश गराउने काम पनि भयो। कार्यक्रम सफलताको शुभकामना दिनेहरूमा अखिल भारत नेपाली एकता समाजकी केन्द्रीय सदस्य तथा दक्षिण भारत क्षेत्रीय अध्यक्ष हेमराज रिजाल, केंद्रीय सदस्य तथा महिला विभाग ईन्चार्ज दुर्गा सुवेदी, केन्द्रीय सदस्य तथा अखिल भारत नेपाली विद्यार्थी संघका अध्यक्ष नर बहादुर बि क, केन्द्रीय सदस्य बिक्रम केसी, एकता समाजकी केन्द्रीय सदस्य देवी रिजाल, फुलमाया केसी, माया रोका, सुनिता बस्याल, सिता घिमीरे , हरि केसी, रामकुमार क्षेत्री, रामु नेपाली, क्षेत्रीय सदस्य तथा बस ब्यबसायी दिलकुमार नेपाली, क्षेत्रीय सदस्य लक्ष्मी सुवेदी, भिम बहादुर थापा, प्रेम सागर सुवेदी, सिता थापा, क्षेत्रीय साँस्कृतिक विभाग सदस्य दिपा केसी, क्षेत्रीय महिला विभाग सदस्य कुमारी रायमाजी, उत्तर नगर उपाध्यक्ष सोनु बराल रहनु भएको थियो। कार्यक्रममा रक्तिम साँकृतिक अभियानले नेपाली कला संकृति झल्किने अति रोचक प्रगतिशील देउसी भैलो लगायत संगित र नृत्य प्रस्तुत गरेका थिए। बिच बिचमा जनसहयोगका नाम लिस्ट बाचन गरिएको थियो। सयौ जनमानस उपस्थिति रहेको हलमा सबैजना गित र नृत्यको आनन्द लिईरहेका थिए। भने कार्यक्रमको संचालन केन्द्रीय सदस्य तथा उत्तर नगर सचिव सचिव मोहराज सुवेदीले गर्नु भएको थियो । भने दर्शकले गित र नृत्य मन पराएर कलाकारहरूलालाइ क्यास गिफ्ट गर्नेहरूले तछाड मछाड गरिरहेको पनि देख्न मिल्थ्यो। अन्तमा भैलो कार्यक्रमलाइ सहयोग पुराउने न्यायप्रेमी जनता, कलाकार, स्वयंसेवक र नेता तथा कार्यकर्ताहरूलाई धन्यवाद दिदै अध्यक्षले कार्यक्रमको समापन गर्नु भयो ।



Comments

