काठमाडौँ । सुडानमा युद्धरत पक्ष सुडानी सेना र पारलियामेन्टरी र्यापिड सपोर्ट फोर्सबीच शनिबार साउदी अरबको जेद्दाह शहरमा आमने सामने वार्ता हुने बताइएको छ । तर र्यापिड सपोर्ट फोर्सको कुनै आधिकारिक धारणा आइसकेको छैन ।
सुडानी सेनाले वार्ताले मानवीय सहयोग पुर्याउन सहज बनाउन मद्दत पुर्याउने बताउँदै आफ्नो प्रतिनिधि साउदी अरब पठाएको जनाएको छ । साउदी अरब र अमेरिकाले वार्ताको स्वागत गरेका छन् ।
सुडानमा युद्ध अन्त्य हुनुपर्ने माग उठिरहेको छ । त्यहाँ गत अप्रिल १५ देखि युद्ध चलिरहेको छ । पटक पटक युद्ध विराम घोषणा भएपनि व्यवहारमा त्यो लागू भएको छैन । सुडानबाट लाखौँ विस्थापित भएका छन् । कैयौँ देशहरूले आफ्नो नागरिकको उद्धार गरिसकेका छन् । दोहोरो मारमा परेका जनता पानी बिजुली खाध्यान्न जस्ता अत्यावश्यक वस्तुबाट समेत बन्चित भएका छन् ।
सुडानमा वार्ता हुने कुरालाई निकै महत्वका साथ हेरिएको छ । अमेरिकाले वार्तालाई स्वागत गर्नुलाई आशंकापूर्ण तरिकाले हेरिएको छ । वार्तामा सेनाको तर्फबाट मात्र धारणा आउनुले वार्ता देखाउनको लागि मात्र त होइन भन्ने प्रश्न उठेको छ ।

