काठमाडौँ, जेठ ४ । रुस र इरानबिच रेल मार्ग निर्माणकोलागि सम्झौता भएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र इरानी राष्ट्रपति ईबाराहिम राईसीका बिचमा भिडियो बैठकपछि रेलमार्ग निर्माण बारे सम्झौता भएको जनाइएको छ ।
दक्षिण एशियालाई युरोपसँग जोड्ने रेलमार्ग १६२ किलोमिटर रहने छ । रेलमार्ग निर्माणका लागि रुसले १ अर्ब ६० करोड युरो लगानी गर्ने छ भने निर्माण अवधी चार वर्ष हुने अनुमान गरिएको छ ।
थप आर्थिक सहयोग युरेसियन ईकोनोमिक युनियनसँग माग गरिने जनाएको छ। यो रेलमार्ग निर्माण सम्झौता पछि दुवै देशका जनता खुसी छन् भने दुई देशका बिच व्यापारशुल्क अन्त्य हुनेआशा गरिएको छ ।
Comments

