इटालीमा बाढी र पहिरोले १३ जनाको मृत्यु

काठमाडौँ, जेठ ५ । इटालीमा बाढी र पहिरोबाट १३ जनाभन्दा बढीको मृत्यु भएको छ । हज्जारौं घरबारविहीन भएका छन् ।

नदीको बहाव जोखिम रेखाभन्दा माथि रहेकाे, धेरै ठाउँमा पहिरो गएको, घरभित्र पानी र हिलो पसेको, अधिकांश शहरहरुमा बाढीले क्षति पुर्‍याएको, बाढीले ठूलो धनजनको क्षति भएकोले पीडितहरू राहत र उद्धारको प्रतिक्षामा रहेको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

इटालीको बाढी र पहिरो यो शताब्दीकै खराब प्राकृतिक प्रकोप रहेको अधिकारीहरुले बताएका छन् । वातावरण परिवर्तनको विषयमा ध्यान नपुर्‍याउँदा यस्तो अवस्था आएको भन्दै जनताले राजनीतिज्ञ प्रति आक्रोश पोखिरहेका छन् ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित