इरानमा फेरि तीनजनालाई मृत्युदण्ड

काठमाडौँ, जेठ ६ । इरानमा फेरि तीन जनालाई मृत्यु दण्ड दिइएको छ । मृत्यदण्ड दिइएकालाई पार्लियामेन्टरी बसिज ग्रुपको सुरक्षा अधिकारीलाई मारेको अभियोग लगाइएको छ । नोभेम्बरको इस्फाहन शहरको प्रदर्शनमा सुरक्षा अधिकारीलाई मारेको भन्दै मृत्यु दण्ड दिइएको हो ।

शुक्रबार मृत्युदण्ड दिइएकाहरुमा म्याजिद काजेमि, सलेह मिरसासेमि र शईदयाघुवी रहेका छन् । उनीहरुले भगवानका विरुद्ध युद्ध गरेको बताएका छन् । आफन्तले जेल वरपर जम्मा भएर मृत्यदण्ड रोक्न माग गर्दागर्दै मृत्युदण्ड दिइएको अन्तर्राष्ट्रिय समाचार माध्यमहरूमा जनाइएका छ । उनीहरुलाई जबरजस्ती रुपमा अपराध स्वीकार गर्न लगाइएको थियो । सरकारले उनीहरूभगवानको विरुद्ध रहेको बताएको छ ।

इरानमा २०२२ को सेप्टेम्बरमा २२ वर्षीय मासा अमिनिलाई हिजाब राम्रोसँग नलगाएको भन्दै गिरफ्तार गरि यातना दिइएको थियो । यातनाका कारण उनको मृत्यु भएको थियो । त्यसपछि त्यहाँ ठुलाठुला प्रर्दशन भएका थिए । सरकारले हज्जारौं प्रर्दशनकारीलाई गिरफ्तार गर्ने, यातना दिने, मृत्युदण्ड दिने जेलमा कैद गर्दै आएको छ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित