अपाङ्गता संघर्ष समितिको तालाबन्दी

तनहुँ, ५ भाद्र । पहुँचयुक्त जिल्ला सभागृह हल निर्माणका लागि अपाङ्गता भएका व्यक्तिहरूको संघर्ष समिति तनहुँले जिल्ला समन्वय समिति तनहुँमा तालाबन्दी गरेको छ ।

व्यास नगरपालिका–३ विपि बनबाटिका निर्माणको अन्तिम चरणमा पुगेको जिल्ला सभागृह अपाङ्गमैत्री नभएको भन्दै संघर्ष समितिका संयोजक मदन पौडेलको नेतृत्वमा समन्वय समितिको मुख्य भवन र समन्वय अधिकारीको कार्यकक्षमा तालाबन्दी गरिएको हो ।

समितिले गत साउन १० गते जिल्ला समन्वय समितिलाई सभागृह अपाङ्गमैत्री बनाउन माग गर्दै ज्ञापनपत्र बुझाएको थियो । सरकारी पक्षसँग अनौपचारिक छलफल भएतापनी सुनुवाइ नभएको बताइएको छ ।

संस्थाको अनुरोध पश्चात् राष्ट्रिय अपाङ्ग महासङ्घ गण्डकी प्रदेशले गत साउन २१ गते अपाङ्गता अधिकारकर्मीहरूको प्रत्यक्ष अवलोकनमा उक्त हलको परिक्षण गरिएको थियो । परिक्षणबाट देखिएका बिषयहरूलाई १४ बुँदे सुझाव सहित संवैधानिक निकायलाई ध्यानाकर्षण गराए पनि सरकारी पक्षले चासो नदिएको पौडेलको भनाई छ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित