काठमाण्डौ । अनलाइन व्यापार दर्ता गरेर मात्रै संचालन गर्न सरकारले सबै अनलाइइन व्यवसायीहरुलाई सूचना गरेको छ । अनलाइन व्यापार गर्ने तर राज्यप्रति जवाफदेहीताको वेवास्ता गरेर अनलाइन व्यापार संचालन भइरहेको अवस्थामा पुनः सरकारले सूचना गरेको हो । अनलाइनबाट निर्बाध रुपमा व्यापार भए पनि सामान, सेवा तथा उपभोक्ताको हितबारेमा गुनासाहरु आए पनि जवाफदेहीता नहुने हुँदै आएको छ ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले वेबसाइट, एप, सामाजिक सञ्जाल वा अन्य डिजिटल माध्यमबाट वस्तु तथा सेवा बिक्री गर्ने सबै व्यवसायीलाई विभागको पोर्टलमा अनिवार्य सूचीकृत हुन निर्देशन दिएको हो । विद्युतीय व्यापार ऐन २०८१ र निर्देशिका २०८२ अनुसार कानुनी प्रक्रिया पूरा नगरी अनलाइन व्यापार सञ्चालन गरे कारबाही हुने विभागले चेतावनी दिएको छ ।
विभागका अनुसार कम्प्युटर, मोबाइल वा अन्य यस्तै प्रकारका उपकरण माध्यम प्रयोग गरी वेबसाइट, एप्लिकेसन, इन्टरनेट, इन्ट्रानेट र सामाजिक सञ्जालको मार्केटप्लेस लगायत माध्यमबाट कारोबार गर्ने सबैलाई सूचीकृत हुन विभागले सूचित गरेको छ ।
अनलाइन व्यापार दर्ता गरेर चलाउन सरकारको सूचना
Comments

