२३औं निजामति सेवा दिवशको कार्यक्रम स्थगित

काठमाण्डौ । भदौ २२ गते मनाउन लागेको २३औँ निजामती सेवा दिवस कार्यक्रम स्थगित भएको छ । यो वर्षको २३औँ निजामती सेवा दिवस मूल समारोह समितिको बैठकले सम्पूर्ण कार्यक्रम रद्द गर्ने निर्णय गरेको हो।
भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार, रसुवागढीस्थित नेपाल–चीन सीमाक्षेत्रमा भदौ १० गते आएको भीषण बाढीबाट उत्पन्न विपद्का कारण मुलुक शोकको अवस्थामा रहेको तथा राष्ट्रसेवक कर्मचारी र सुरक्षाकर्मीहरू खोज, उद्धार तथा राहत कार्यमा खटिनुपर्ने अवस्थालाई ध्यानमा राख्दै कार्यक्रम रद्द गरेको हो ।
सरकारले २३औँ निजामती सेवा दिवस कार्यक्रमका लागि विनियोजित बजेट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने व्यवस्था मिलाउन सम्बन्धित सबै निकायलाई अनुरोध गरेको छ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित