काठमाण्डौ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने जेठ १८ गते पाँच दिने भारत भ्रमणमा गएका छन् । सत्तारुढ पार्टीका नेता भारत भ्रमणमा गएको समयमा राष्ट्रघात हुन सक्ने गम्भीर आशंका सिर्जना भएका छन् । रवि लामिछाने भारत भ्रमणमा जानु भन्दा एक दिन अगाडि प्रधानमन्त्री वालेन्द्र शाहले नेपालले भारतीय भूमि मिचेको रहेछ भन्ने अभिव्यक्ति संसदको रोष्टममा दिएको अवस्थामा रवि लामिछानेको भारत भ्रमणमा कुनै प्रकारको राष्ट्रघात नहोला भनेर भन्न सकिने अवस्था छैन । नेपाल–भारत सम्बन्धलाई भूराजनीतिक विवादबाट बाहिर निकालेर ‘विकास कूटनीति’को आधारमा दुई देशबीचको सम्बन्ध अझ प्रगाढ बनाउनुपर्ने भनेका छन् । सम्बन्ध भूराजनीतिक तनाव होइन, लगानी, व्यापार, ऊर्जा, पर्यटन र आर्थिक साझेदारीमा आधारित हुनुपर्ने तथा कूटनीतिक नियोगहरूलाई राजनीतिक सम्पर्क केन्द्रभन्दा लगानी, व्यापार र आर्थिक सहकार्यको ‘इन्जिन’ का रूपमा विकास गर्न भन्दै अत्यन्तै भारत मैत्री विचार दिएका छन् । उनले सीमाको विषयमा रहेको विवादलाई केही पनि होइन जस्तो गरी अभिव्यक्ति दिएका छन् । उनले विगतमा भएका सीमा रक्षाको संघर्षलाई अतिराष्ट्रवादीको संज्ञा दिएका छन् । सीमा रक्षाको विषय वा राष्ट्रहितको विषय अतिराष्ट्रवादी भनेर उनले अवमूल्यन गर्न खोजेका छन् । त्यो कुनै पनि नेपाली नागरिकले नभइ भारतीयले उनीहरुको हितमा व्यक्त गर्ने विचार हो । उनले काठमाण्डौ रक्सौल रेलमार्ग निर्माणमा जोड दिएका छन् । यसले व्यापार पर्यटन,ढुवानीमा मद्दत पुग्ने बताएका छन् । नेपालमा व्यापार भारतको एकलौटी छ । यहाँ नेपाली उत्पादनको व्यापारको कुनै प्रसंग नै छैन । भारतीय व्यापार कसरी विकास गर्न सकिन्छ भन्ने ध्याउन्नमा रहेको देखिन्छ ।
काठमाडौं–बेङ्गलुरु डिजिटल करिडोर निर्माणको कुरा गरेका छन् । डिजिटल करिडोरमा साझा प्राविधिक संजाल निर्माण,उच्च गतिको इन्टरनेट डाटा, डिजिटलाइज्ड प्रविधिको कुरा गरेका छन् ।
भारतीय शैक्षिक तथा स्वास्थ्य संस्थाहरू नेपालमा गर्न अनुरोध गरेका छन् । भारतका आईटी कम्पनी, स्टार्टअप र विश्वविद्यालयलाई नेपालमा नवप्रवर्तन प्रयोगशाला, इन्क्युबेसन सेन्टर र प्रविधि हव स्थापना गर्न आह्वान गरेका छन् । सीमा क्षेत्रमा रासायनिक मल उद्योग प्रस्ताव गरेका छन् । रास्वपा एक पार्टीको सभापतिको रुपमा गएको भारत भ्रमणमा गएका उनले पुरै देशको अनुमति लिएर भ्रमणमा गएको जस्तो गरि आफ्नो प्रस्तावहरु अगाडि सारेका छन् ।
रास्वपाको बहुमतको सरकार बनेको अवस्थामा आफु मात्रै सर्वेसर्वा रहेको जसरी उनी प्रस्तुत हुन खोजेका छन् । नेपालमा भारतीय कम्पनी र लगानीहरु नभएको होइन । शासकहरुले भारतीयहरु आउ लगानी गर भन्दै जुन सुकै सत्तामा आए पनि लगानी गर्न अनुुरोध गर्ने गर्छन् । अहिले रवि लामिछानेले पनि सोही गरेका छन् । उनले अािर्थक कुटनीतिलाई अगाडि बढाउने अवधारणा ल्याएको बताएका छन् । आर्थिक कुटनीति नेपालमा मात्रै लागू हुने हो कि भारतमा पनि ? आर्थिक कुटनीति ,विकास कुटनीति जे भने पनि भारतीय लगानीलाई स्वागत, सम्मान तथा संरक्षण गर्ने भन्ने हो । नेपालीहरुलाई अरुले आर्थिक सहयोग गर्नेछन् र हामी धनी बन्नेछौं भन्ने जस्तो काल्पनिक सपना देखाउने गरिन्छ । पात्र नयाँ भए पनि विचार पुरानै हो । यो विचारले नेपालीहरुको आर्थिक विकास हुन सक्ने छैन । नेपालको समृद्धि कुनै पनि विदेशीहरु आएर हुने होइन । १९५०को शान्ति तथा मैत्री सन्धिले नै भारतीयहरु नेपालमा बसोबास, लगानी आय आर्जन गर्ने गर्दै आएका हुन् । भारतसँग असमान सन्धि सम्झौता छँदैछ । त्यसको खारेज हुनु पर्दछ भनेर संघर्ष गर्नेहरुलाई अतिराष्ट्र«वादीको संज्ञा दिँदै राष्ट्रहित विपरीत अभिव्यक्ति दिँदै देशलाई गाली गरेर भारतको प्यारो बन्ने जुन कुरा गरिएको छ ,त्यो राष्ट्रघाती छ । त्यसको जनस्तरबाट विरोध गरिनु पर्दछ । असमान सन्धि सम्झौताको खारेजी हुनु पर्दछ । भारतको प्राकृतिक साधन स्रोतहरुमाथि रहेको कब्जा गर्दै आएको छ । अहिले भारत भ्रमणको क्रममा केके राष्ट्रघात गर्ने हुन ? भन्नेमा नेपालीहरुमा गम्भीर आशंका सिर्जना भएको छ ।
रविको भारत भ्रमण गम्भीर राष्ट्रघातको आशंका
Comments

