काठमाण्डौ । अर्घाखाँचीका नरिश्वर पाण्डेले क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालमै प्रतिबद्ध रहेको बताउनुभएको छ । २०८३ श्रावण २ गते एक वक्तव्य जारी गर्दै पाण्डेले सो प्रतिबद्धता जनाउनुभएको हो।वक्तव्यको पूर्णपाठ यसप्रकार छ–
“उपरोक्त सम्बन्धमा म नरिश्वर पाण्डे लामो समयदेखि कम्युनिस्ट आन्दोलनमा सक्रिय रहँदै आउने क्रममा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालभित्र केही अवसरवादीहरूले पार्टीको क्रान्तिकारी छविलाई बिगार्ने गरी लागेको अवस्थामा म नरिश्वर पाण्डे पनि भ्रम्बस अवसरवादी व्यक्तिहरूको समर्थन गरेकोले आत्मालोचित हुँदै क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल मात्र मार्क्सवाद, लेनिवाद, माओवाद र विचारधारा आधारित पथप्रदर्शक सिद्धान्त मान्दै आएको ठहर गर्दै पुन पार्टीको नीति, सिद्धान्त, निर्देशन पालना गर्दै सक्रियरूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्दछु।”


