काठमाडौँ, २१ भदौ । प्रतिनिधिसभाको आज बसेको बैठकमा समयमा उपचार नपाउँदा कान्ति बाल अस्पतालमा एक बालिकाको निधन भएको विषयमा सांसदहरुले नेपाल सरकारको ध्यानाकर्षण गराएका छन् ।
नेकपा (एमाले) का सचेतक महेश वर्ताैलाले बैठकमा समय लिएर बोल्दै मकवानपुरको थाहा नगरपालिका–१० जीतबहादुर गोपालीकी छोरी ५ वर्षीया रेजिशा गोपालीको अस्पतालको लापर्वाहीका कारण निधन भएको दाबी गर्दै घटनाको छानवीन गर्न र दोषीलाई कारबाही गरी पीडितलाई न्याय दिन माग गरेका छन् । उनले सबै बालबालिकालाई सहजरुपमा उपचारको उचित व्यवस्था गराउन समेत माग गरेका छन् ।
Comments

